भोलिदेखि शेयर बजार खुल्ने
काठमाडौं । लामो समय बन्द भएको शेयर बजार सोमबारदेखि खुल्ने भएको छ ।
आइतबार धितोपत्र बोर्डमा बसेको सञ्चालक समितिको बैठकले सोमबारदेखि बजार खोल्ने निर्णय गरेको बोर्डका एक अधिकारीले बताएका छन् । तर, औपचारिक घोषणा गर्न भने बाँकी रहेको ती अधिकारीले बताए ।
लकडाउन सुरु भएदेखि अर्थात गत चैत ११ गतेबाट बन्द भएको बजार वैशाखमा २ दिनका लागि खुलेको थियो । त्यसपछि पुनः बन्द भएको बजार सोमबारदेखि खुल्न लागेको हो । यसअघि २ दिन खुल्दा सर्किट ब्रेक कारोबार अवधि परिवर्तन गरिएको थियो ।
अब सोमबारदेखि भने पुरानै अवस्थामा कारोबार हुने ती अधिकारीले बताए । उनले भने, ‘बैठकमा सर्किट ब्रेक र कारोबार अवधिबारे बोलिएको छैन । सम्भवतः पुरानै अवस्थाबाट कारोबार हुनेछ ।’
लकडाउन खुकुलो भएसँगै व्यापार व्यवसाय तथा कार्यालयहरु खुल्न थालेपनि शेयर बजार नखुलेपछि व्यापक विरोध भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण