भोलिदेखि शेयर बजार खुल्ने

काठमाडौं । लामो समय बन्द भएको शेयर बजार सोमबारदेखि खुल्ने भएको छ ।
आइतबार धितोपत्र बोर्डमा बसेको सञ्चालक समितिको बैठकले सोमबारदेखि बजार खोल्ने निर्णय गरेको बोर्डका एक अधिकारीले बताएका छन् । तर, औपचारिक घोषणा गर्न भने बाँकी रहेको ती अधिकारीले बताए ।
लकडाउन सुरु भएदेखि अर्थात गत चैत ११ गतेबाट बन्द भएको बजार वैशाखमा २ दिनका लागि खुलेको थियो । त्यसपछि पुनः बन्द भएको बजार सोमबारदेखि खुल्न लागेको हो । यसअघि २ दिन खुल्दा सर्किट ब्रेक कारोबार अवधि परिवर्तन गरिएको थियो ।
अब सोमबारदेखि भने पुरानै अवस्थामा कारोबार हुने ती अधिकारीले बताए । उनले भने, ‘बैठकमा सर्किट ब्रेक र कारोबार अवधिबारे बोलिएको छैन । सम्भवतः पुरानै अवस्थाबाट कारोबार हुनेछ ।’
लकडाउन खुकुलो भएसँगै व्यापार व्यवसाय तथा कार्यालयहरु खुल्न थालेपनि शेयर बजार नखुलेपछि व्यापक विरोध भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक
-
असार २२ गते त्रिभुवन विश्वविद्यालयले बाेलायाे सभा
-
त्रिभुवन विश्वविद्यालयले काज बिदामा कडाइ गर्ने
-
बस्नेतको नियुक्तिमा अदालतको रोक, बर्खास्त तामाङ पुनः पदमा फर्किने
-
रुटिन अफ नेपाल प्रालिका भिक्टर पौडेलविरुद्ध कारण देखाउ आदेश जारी
-
सेयर बजारमा सामान्य सुधार, कारोबार रकम १३ अर्ब नाघ्यो