नेप्सेमा नेगेटिभ सर्किट, कारोबार २० मिनेटका लागि स्थगित
काठमाडौं । शेयर बजारमा नकारात्मक सर्किट लागेको छ । ९८ दिनपछि सामान्य रुपमा सोमबार खुलेको बजारमा शेयर बिक्री गर्नेहरुको अत्यधिक भीडसँगै परिसूचक ४० मिनेटमा बजार ४८.१७ विन्दु (४.०१ प्रतिशत) घट्दा नेगेटिभ सर्किट लागेको हो । योसँगै २० मिनेटको लागि बजारको कारोबार स्थगित भएको छ ।
साधारण ढंगबाट खुलेको बजार राताम्मे देखिएको छ । बजारमा शेयर बिक्री गर्नेको अत्यधिक चाप देखिएपछि बजारमा कारोबार भएका अधिकांश कम्पनीहरुको मूल्य घटेको छ ।
कारोबार बन्द हुनुअघिसम्म ६९ बटा शेयर स्क्रिपको कारोबार भएकोमा नेपाल इन्भेष्टमेन्ट बैंक, गुडविल फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर र नेपाल टेलिकमको शेयरमूल्य मात्रै बढेको छ । अरु सबै शेयरको मूल्य घटेको छ । अधिकांश वाणिज्य बैंकसहित १३ वटा शेयर स्क्रिपको मूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।
नेप्सेको सर्किट ब्रेकर प्रणाली अनुसार पहिलो १ घण्टामा ४ प्रतिशतले बजार घटेमा २० मिनेटका लागि बजार स्थगित हुन्छ । त्यसपछि खुलेको १ घण्टामा ५ प्रतिशत बजार बन्द भए ३० मिनेटका लागि र फेरि खुलेको १ घण्टामा ६ प्रतिशतले बजार घटे सो दिनका लागि पूरै बजार बन्द हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण