सुशान्त सिंहको यादमा नायिका भूमि पेडणेकरद्वारा ५५० परिवारलाई खाना खुवाउने संकल्प
सुशान्त सिंह राजपूतको मृत्यु भएको १६ दिन बितिसकेको छ । उनीसँग काम गरेका उनका थुप्र्रै सहकर्मीले विभिन्न तरिकाले उनलाई सम्झिरहेका छन् । सोनचिरैयामा सुशान्तकी सहकर्मी भूमि पेडणेकरले सुशान्तको यादमा निकै राम्रो काम गर्ने सोच बनाएकी छिन् । भूमिले अभिषेक कपुरकी श्रीमती प्रज्ञासँग मिलेर द अर्थ फाउन्डेशनमार्फत् ५ सय ५० खाँचोमा परेका परिवारलाई खाना खुवाउने भएकी छिन् । यसको जानकारी उनले इन्स्टाग्रामको एउटा पोस्टमार्फत् दिइन् ।
सुशान्तको फोटोसहित भूमिले लेखिन्, ‘मैले ‘एक साथ फाउन्डेशन’ मार्फत् आफ्ना प्रिय साथीको यादमा ५५० गरिब परिवारलाई खाना खुवाउने संकल्प गरेकी छु । आउनुहोस्, हामी साथ मिलेर खाँचो परेका व्यक्तिहरुप्रति दया र प्रेम देखाऔं किनभने अहिले उनीहरुलाई यसको सबैभन्दा धेरै खाँचो छ ।’
तिमी सधैं स्टार रहनेछौं सुशान्तः
यसअघि सुशान्तको मृत्युको खबर सुनेर एक भावुक पोस्टमा भूमिले लेखेकी थिइन्, ‘तिम्रो आत्माले शान्ति पाओस् साथी । हैरान छु र दुःखी पनि । तिमी छैनौं भनेर अहिले पनि विश्वास लागिरहेको छैन । म स्टार र हाम्रो अन्तहीन कुरामाथि एकटक भएर हेरिरहेकी छु । तिमी त्यहाँ अरुसँगै जगमगाइरहेका छौ । किनभने तिमी स्टार हौ र सधैं रहनेछौ मेरो प्रिय सुशान्त ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण