सुशान्तको तस्बिरले सजिएको थियो पूर्वप्रेमिका अंकिताको घर
एजेन्सी - गत जुन १४ मा आफ्नै घरमा झन्डिएर आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपूतसँग जोडिएका धेरै चीजहरुका बारेमा पछिल्लो समय सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरु भरिएका छन्् ।
सुशान्तको आत्महत्याले बलिउडभित्रको नेपोटिज्मको खुलेर विरोध भइरहेको छ भने उनको मृत्युपछि उनीसँग जोडिएका तस्बिर, सम्बन्ध तथा उनले गरेका राम्रा कामहरुको प्रशंसा भइरहेको छ । साथै, उनका यादमा उनका प्रशंसकहरुले निकै पीडा समेत पोखिरहेका छन् ।
यसैबीच, उनकी पूर्वप्रेमिकासँगको सम्बन्धको बारेमा पनि निकै चर्चा भइरहेको छ । सुशान्तका एक प्रशंसकले उनकी पूर्वप्रेमिकाको एउटा पुरानो तस्बिर शेयर गरेका छन् । तस्बिरमा अंकिता लोखण्डे आफ्नी आमासँग देखिएकी छिन् भने उनको पछाडि घरका भित्ताहरुमा सुशान्तसँगका तस्बिरहरु टाँगिएका छन् ।
यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । तस्बिर हेर्नेहरुले सुशान्त र अंकिताबीच गहिरो प्रेम रहेका प्रतिक्रिया जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण