ईयुले हटायो १४ देशमाथिको प्रतिबन्ध, अमेरिकामाथि कायमै
एजेन्सी । युरोपेली युनियन (ईयु) ले १४ वटा देशका नागरिकमाथिको भ्रमण प्रतिबन्ध हटाएको छ । तर, अमेरिका, ब्राजिल र चीनको नाम यसमा समावेश छैन । अहिलेको अवस्थामा (१ जुलाईदेखि लागू) अल्जेरिया, अस्ट्रेलिया, क्यानेडा, जर्जिया, जापान, मोन्टेनेग्रो, मोरक्को, न्युजिल्यान्ड, रुवान्डा, सर्बिया, दक्षिण कोरिया, थाइल्यान्ड, ट्युनिसिया र उरुग्वेका नागरिकले युरोपेली युनियनअन्तर्गतका देशमा भ्रमण गर्न पाउनेछन् । यी देशहरुलाई कोरोनाबाट सुरक्षित देश मान्दै भ्रमणमा छुट दिइएको हो ।
त्यस्तै,बेलायती नागरिकहरुमाथि ब्रेक्जिट संक्रमणकालको अन्त्य नभएसम्म अर्थात् ३१ डिसेम्बरसम्मको अवधिमा अन्य युरोपेली सरहकै व्यवहार गरिने पनि युरोपेली युनियन (ईयु) कमिसनले जनाएको छ । एक कुटनीतिज्ञकाअनुसार चीन सरकारले युरोपेली देशका नागरिकमाथिको भ्रमण प्रतिबन्ध हटाएमा चिनियाँहरुमाथिको प्रतिबन्ध पनि हट्नसक्छ ।
यसअघि कोरोनाका कारण लगाइएको युरोपेली देशहरुबीचको अन्तर–भ्रमण प्रतिबन्ध पनि धेरैजसो सिमानामा हटिसकेको छ । युरोपेली युनियनअन्तर्गत २६ सदस्यीय सेन्जेन जोनका देशले सामान्यत ईयुका नागरिकलाई पासपोर्ट बिना नै सीमा आर–पार गर्न दिन्छन्, तर कोरोना संकटको समय अधिकारीहरुले कडाई गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
-
मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सक्दो सहयोग गर्छु : मन्त्री जोशी
-
जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रु १६ अर्ब लगानी
-
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’
-
दाँतबाट खुल्यो जलाएर हत्या गरिएका विष्णुको पहिचान, घटना रहस्यमय