ईयुले हटायो १४ देशमाथिको प्रतिबन्ध, अमेरिकामाथि कायमै
एजेन्सी । युरोपेली युनियन (ईयु) ले १४ वटा देशका नागरिकमाथिको भ्रमण प्रतिबन्ध हटाएको छ । तर, अमेरिका, ब्राजिल र चीनको नाम यसमा समावेश छैन । अहिलेको अवस्थामा (१ जुलाईदेखि लागू) अल्जेरिया, अस्ट्रेलिया, क्यानेडा, जर्जिया, जापान, मोन्टेनेग्रो, मोरक्को, न्युजिल्यान्ड, रुवान्डा, सर्बिया, दक्षिण कोरिया, थाइल्यान्ड, ट्युनिसिया र उरुग्वेका नागरिकले युरोपेली युनियनअन्तर्गतका देशमा भ्रमण गर्न पाउनेछन् । यी देशहरुलाई कोरोनाबाट सुरक्षित देश मान्दै भ्रमणमा छुट दिइएको हो ।
त्यस्तै,बेलायती नागरिकहरुमाथि ब्रेक्जिट संक्रमणकालको अन्त्य नभएसम्म अर्थात् ३१ डिसेम्बरसम्मको अवधिमा अन्य युरोपेली सरहकै व्यवहार गरिने पनि युरोपेली युनियन (ईयु) कमिसनले जनाएको छ । एक कुटनीतिज्ञकाअनुसार चीन सरकारले युरोपेली देशका नागरिकमाथिको भ्रमण प्रतिबन्ध हटाएमा चिनियाँहरुमाथिको प्रतिबन्ध पनि हट्नसक्छ ।
यसअघि कोरोनाका कारण लगाइएको युरोपेली देशहरुबीचको अन्तर–भ्रमण प्रतिबन्ध पनि धेरैजसो सिमानामा हटिसकेको छ । युरोपेली युनियनअन्तर्गत २६ सदस्यीय सेन्जेन जोनका देशले सामान्यत ईयुका नागरिकलाई पासपोर्ट बिना नै सीमा आर–पार गर्न दिन्छन्, तर कोरोना संकटको समय अधिकारीहरुले कडाई गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण