गण्डकी प्रदेशमा २८ जना कोरोना संक्रमित थपिए
गण्डकी प्रदेशमा बुधबार २८ नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको कुल संख्या ९९४ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार नवलपुरमा १२, गोरखामा ३, कास्कीमा १, स्याङ्जामा ८, बागलुङमा ३ र तनहूँमा १ जना गरि कुल २८ नयाँ संक्रमित थपिएका हुन् ।
आज थपिएका संक्रमितमध्ये नवलपुरको बुलिङटारमा २ पुरुष, गैंडाकोट ८ पुरुष र २ महिला गरी १२ संक्रमित थपिएका छन् । यसैगरि, गोरखामा थपिएका संक्रमित शहिद लखनमा ३० वर्षीया महिला, बारपक सुलिकोटमा २ पुरुष गरी ३ जना । कास्कीको पोखरा महानगरपालिकामा १ पुरुष । स्याङ्जा वालिङमा एक पुरुष र एक महिला, पुतलीबजारमा एक पुरुष, भीरकोटमा ४ पुरुष एक महिला गरि ८ जना संक्रमित थपिएका छन् ।
बागलुङको काठेखोलामा एक महिला र बडिगाडमा २ महिला गरि ३ जना र तनहूँको शुक्लागण्डकीमा एक महिला संक्रमित थपिएका छन् ।
संक्रमित २८ को स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थय प्रयोगशाला काठमाडौं, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र प्रदेश क्षय रोग केन्द्र पोखरामा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण