शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भेनेजुएलामा संसदको निर्वाचन डिसेम्बरमा

बुधबार, १७ असार २०७७, १४ : २४
बुधबार, १७ असार २०७७

काराकास । भेनेजुएलाको संसदको आमनिर्वाचन आगामी डिसेम्बरमा गर्नेगरी तयारी शुरु भएको निर्वाचन आयोगले जनाएको छ ।  आयोगका अध्यक्ष अल्फन्जो इजागुरले भेनेजुएलामा आगामी डिसेम्बरमा २७७ सदस्यीय संसदका लागि चुनाव हुने जानकारी दिए । यसपटकको चुनावमा ६६ प्रतिशतभन्दा बढी संख्यामा सांसदहरु चुनिन लागेका हुन् ।

भेनेजुएला सरकारले यसै वर्ष नेसनल एसेम्ब्लीका लागि चुनाव गर्ने पटकपटक प्रतिबद्धता जनाइरहेको अवस्थामा चुनावको महिना घोषणा भएको हो ।  त्यस्तै राज्यका गभर्नरको चुनाव पनि सन् २०२१ मा गर्ने घोषणा गरिएको छ । –एएनआई/Photo: Reuters​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप