म्यानमारमा भीषण पहिरो, कम्तीमा ५० जनाको मृत्यु
एजेन्सी । म्यानमारको काचिन राज्यमा बिहीबार बिहान आएको भिषण पहिरोमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको यहाँको अग्नि सेवा विभागका अधिकारीहरुद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
हपाकांत टाउनशिपको साटेमु गाउँमा रहेको जेड खानी साइटमा स्थानीय समयानुसार बिहीबार बिहान ८ बजे भिषण पहिरो आएको बताइएको छ । खानी साइडमा काम भइरेहको यस अवस्थामा कैयौँ व्यक्ति काममा व्यस्त रहेको अवस्थामा पहिरोले उनीहरुलाई पुरेको आशङ्का गरिएको छ । तर यस विषयमा थप जानकारी आउन भने बाँकी रहेको छ ।
सन् २०१६ को नोभेम्बर पनि उक्त साइडमा ठूलो पहिरो आएको र यसमा परी ११६ व्यक्तिको मृत्यु भएको थियो । बिहीबारको पहिरोको बारेमा पनि प्रहरीले अनुसन्धान थालेको छ । केही दिन यतादेखि सो क्षेत्रमा अविरल रुपमा वर्षा भइरहेको छ । वर्षापछि सो स्थानमा पहिरो आएको यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
त्यस स्थानमा पहिरोमा परी कति जना मानिस पुरिएका छन् भन्ने बारेमा अझै पनि यकिन नभएको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । –सिन्ह्वा/Photo: aljazeera
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण