टिपरको ठक्करबाट घाइते भएका सैनिक जवानको मृत्यु
बिहीबार, १८ असार २०७७, १८ : ०४
गोरखा । टिपरको ठक्करबाट घाइते भएका एक सैनिक जवानको मृत्यु भएको छ। गोरखा आबुँखैरेनी सडक खण्डअन्तर्गत १५ किलोमा हिजो टिपरको ठक्करबाट घाईते भएका गोरखा पालुङ्टार–३ का प्रेम परियारको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।
उनीसँगै घाईते भएका अन्य तीन जनामध्य टाउकोमा गम्भीर चोट लागेका सैनिक जवान ललितपुर बज्रबाराहीका रञ्जित रानाको भरतपुरस्थित पूरानो मेडिकल कलेजमा आईसियुमा उपचार भैरहेको छ। बाँकी दुई घाईते जिल्ला अस्पताल गोरखामा उपचार गरि गणमा फर्किएका छन्। उनीहरु रणसिंह दल गण गोरखामा कार्यरत थिए।
हिजो साँझ गोरखा आबुँखैरेनी सडक खण्डअन्तर्गत १५ किलोमा बा १ झ ५८०० नम्बरको सेनाको गाडीलाई बिपरित दिशाबाट आउँदै गरेको लु १ त ३८४६ नम्बरको टिपले ठक्कर दिएको थियो। चालक र टिपर जिल्ला प्रहरी कार्यालय गोरखाको नियन्त्रणमा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण