अक्षय पनि भएका थिए नेपोटिजमको शिकार, फिल्मबाट हटाएर अजय देवगनलाई दिइएको थियो रोल

सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा नेपोटिजमको विषयमा बहस तीब्र भएको छ । सुशान्तको परिवारले नेपोमिटरको एपको घोषणा गरेका छन् जसमार्फत् कुन फिल्ममा कति नेपोटिजम छ भनेर थाहा पाउन सकिन्छ । नेपोटिजम र बलिउडमा नातवादसँग जोडिएका मुद्दा पछिल्लो वर्षदेखि चर्चामा आएपनि बलिउडमा यो कल्चर दशकौं पुरानो हो ।
यस्तै घटना देख्न पाइयो जब अक्षय कुमारले मिड डेलाई दिएको अन्तरवार्तामा उनले आफूलाई फिल्म ‘फूल और कांटे’ बाट निकालिएको बताए । स्मरण रहोस् फूल और कांटेमार्फत् नै अजय देवगनले आफ्नो करियरको सुरुवात गरेका थिए । अजय देवगन बलिउडका स्टन्टम्यान वीरु देवगनका छोरा हुन् भने अक्षय दिल्लीका आउटसाइडर हुन् ।
अक्षयलाई भनिएको थियो, ‘भाइ भोलिदेखि नआउ’
अक्षयले सन् १९९१ मा रिलिज भएको फिल्म ‘फूल और कांटे’ मा भएको बताए । उनले भने, ‘म यो फिल्मको गीतको मेकिङमा, फोटोसुटमा र यसबाहेक थुप्रै स्थानमा संलग्न थिएँ । यद्यपि, सुटिङ हुनु एक रात अघि मलाई फोन आयो, त्यतिबेला म सुटिङको तयारी गरिरहेको थिएँ । फोनमा मलाई म रिप्लेस भइसकेको बताइयो । मलाई भनिएको थियो कि, भाइ, तपाईं नआउनु ।’
यद्यपि, अक्षय कुमार र अजय देवगनबीच कुनै तनाव छैन । अक्षय कुमार रोहित शेट्टीको हिट फ्रेन्चाइजी फिल्म सूर्यवंशीमा पनि काम गरिरहेका छन् । यो फ्रेन्चाइजीको पहिलो फिल्म सिंघममा अजय देवगन देखिएका थिए । अक्षय कुमार लामो समयपछि कट्रिनासँग काम गरेका थिए । यद्यपि, कोरोना भाइरसका कारण यो फिल्मको रिलिज रोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली जाने डीआईजी भेटिएनन्, बढुवामा अलमल
-
कांग्रेसले नेपाली जनसम्पर्क समितिलाई थप देशमा विस्तार गर्ने
-
‘राम नाम सत्य’मा विराजपछि भित्रिए सुशील
-
डीडीसीले ६ महिनासम्म किसानलाई दूधको पैसा दिएन : सांसद सापकोटा
-
धनगढीमा पञ्चकन्या ग्रुपको ‘पञ्चकन्या बाथवेयर’को शुभारम्भ
-
‘भारत–पाकिस्तान युद्धमा गोरखा सेना पहिलो चरणमा प्रयोग नगर्ने वातावरण निर्माण गरियोस्’