अक्षय पनि भएका थिए नेपोटिजमको शिकार, फिल्मबाट हटाएर अजय देवगनलाई दिइएको थियो रोल
सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा नेपोटिजमको विषयमा बहस तीब्र भएको छ । सुशान्तको परिवारले नेपोमिटरको एपको घोषणा गरेका छन् जसमार्फत् कुन फिल्ममा कति नेपोटिजम छ भनेर थाहा पाउन सकिन्छ । नेपोटिजम र बलिउडमा नातवादसँग जोडिएका मुद्दा पछिल्लो वर्षदेखि चर्चामा आएपनि बलिउडमा यो कल्चर दशकौं पुरानो हो ।
यस्तै घटना देख्न पाइयो जब अक्षय कुमारले मिड डेलाई दिएको अन्तरवार्तामा उनले आफूलाई फिल्म ‘फूल और कांटे’ बाट निकालिएको बताए । स्मरण रहोस् फूल और कांटेमार्फत् नै अजय देवगनले आफ्नो करियरको सुरुवात गरेका थिए । अजय देवगन बलिउडका स्टन्टम्यान वीरु देवगनका छोरा हुन् भने अक्षय दिल्लीका आउटसाइडर हुन् ।
अक्षयलाई भनिएको थियो, ‘भाइ भोलिदेखि नआउ’
अक्षयले सन् १९९१ मा रिलिज भएको फिल्म ‘फूल और कांटे’ मा भएको बताए । उनले भने, ‘म यो फिल्मको गीतको मेकिङमा, फोटोसुटमा र यसबाहेक थुप्रै स्थानमा संलग्न थिएँ । यद्यपि, सुटिङ हुनु एक रात अघि मलाई फोन आयो, त्यतिबेला म सुटिङको तयारी गरिरहेको थिएँ । फोनमा मलाई म रिप्लेस भइसकेको बताइयो । मलाई भनिएको थियो कि, भाइ, तपाईं नआउनु ।’
यद्यपि, अक्षय कुमार र अजय देवगनबीच कुनै तनाव छैन । अक्षय कुमार रोहित शेट्टीको हिट फ्रेन्चाइजी फिल्म सूर्यवंशीमा पनि काम गरिरहेका छन् । यो फ्रेन्चाइजीको पहिलो फिल्म सिंघममा अजय देवगन देखिएका थिए । अक्षय कुमार लामो समयपछि कट्रिनासँग काम गरेका थिए । यद्यपि, कोरोना भाइरसका कारण यो फिल्मको रिलिज रोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण