बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ६७ पुग्यो
लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउने गैर आवासीय नेपालीहरुको कूल संख्या ६७ पुगेको छ । गत जुन ३० तारिखसम्म गैरआवासीय नेपाली संघ यूकेद्वारा जारी सार्वजनिक तथ्याङ्क अनुसार ६७ जना नेपालीहरुको कोरोनाको संक्रमणबाट निधन भएको हो । यसैगरी नेपाली दूतावास लन्डनको पछिल्लो तथ्याँकअनुसार पनि बेलायतमा हालसम्म ६७ जना नेपालीहरुको कोरोनाका कारण निधन भएको दूतावासका प्रवक्ता शरदराज आरनले जानकारी दिएका छन् ।
यसरी मृत्यु हुनेहरुमा पाँच दर्जन जति भूतपूर्व गोर्खा तथा तिनका परिवारहरु रहेका छन् । हालसम्म बेलायतको सबैभन्दा कम उमेरमा कोरोनाको संक्रमणका कारण निधन हुनेमा बेलायतको ननिटन निवासी ३२ वर्षीय बिमा नाछिरिङ राई रहेकी छन् ।
गैरआवासीय नेपाली संघ यूके हेल्पलाइनका संयोजक एवम् एनआरएनए यूके सचिव जीत रानाभाटले दिएको जानकारीअनुसार बेलायतमा २ हजार ३६ जना नेपालीहरुमा कोरोना संक्रमणको पुष्टि भएको र १ सय ५१ जनालाई अस्पताल भर्ना गरिएको थियो । जसमध्ये ८४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
अहिले बेलायतका अस्पतालमा कोरोना संक्रमित कुनै पनि नेपालीहरु नरहेको एनआरएन यूकेद्वारा प्रस्तुत तथ्याँकमा उल्लेख छ । क्वारेन्टाइन तथा आइसोलेसनमा रहेका १ हजार ४ सय १२ जना मुक्त भैसकेका र हाल कुनै पनि नेपालीहरु क्वारेन्टाइन तथा आइसोलेसनमा नरहेको पनि तथ्याङ्कमा उल्लेख छ ।
बेलायतमा हालसम्म कोरोना संक्रमणका कारण ४४ हजारभन्दा बढीको ज्यान गैसकेको छ । विश्वभर कोरानाकै कारण ५ लाख २५ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । अमेरिका र ब्राजिलपछि सबैभन्दा बढी मृत्यु हुने मुलुकमा बेलायत तेस्रो स्थानमा रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण