प्युठानमा चुनढुंगा बोकेको टिपर दुर्घटना, चालक र सहचालकको मृत्यु
शनिबार, २० असार २०७७, १२ : १६
बुटवल – प्युठानमा चुनढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार जिल्लाको नौबहिनी गा.पा. वडा नं. ७ लुप्लुङबाट चुनढुङ्गा बोकेर दाङको कालाकाटे जाँदै गरेको ना ७ ख ८९३८ नम्बरको टिपर सरुमारानी गाउँपालिका वडा नम्बर ५ मोतीपुरमा दुर्घटना भएको हो ।
दुर्घटनामा टिपर चालक नौबहिनी–६ पिपलटारी प्युठानका ३० वर्षीय रोशन थापा र सोही ठाउँका सह–चालक २४ वर्षीय झग बहादुर पुनको मृत्यु भएको कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् ।
टिपर सडकबाट झन्डै ६ सयm मिटर तल खसेको थियो । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान भईरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा