प्युठानमा चुनढुंगा बोकेको टिपर दुर्घटना, चालक र सहचालकको मृत्यु
शनिबार, २० असार २०७७, १२ : १६
बुटवल – प्युठानमा चुनढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार जिल्लाको नौबहिनी गा.पा. वडा नं. ७ लुप्लुङबाट चुनढुङ्गा बोकेर दाङको कालाकाटे जाँदै गरेको ना ७ ख ८९३८ नम्बरको टिपर सरुमारानी गाउँपालिका वडा नम्बर ५ मोतीपुरमा दुर्घटना भएको हो ।
दुर्घटनामा टिपर चालक नौबहिनी–६ पिपलटारी प्युठानका ३० वर्षीय रोशन थापा र सोही ठाउँका सह–चालक २४ वर्षीय झग बहादुर पुनको मृत्यु भएको कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् ।
टिपर सडकबाट झन्डै ६ सयm मिटर तल खसेको थियो । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान भईरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण