कोरोनाभाइरस संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ३४ पुग्यो
काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । रुपन्देही र गोरखाका एक-एक पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले रुपन्देहीको देबदहका ७५ वर्षीय पुरुषको असार १७ गते त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको स्वाबको रिपोर्ट १८ गते आएकोमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैगरी कोरोना संक्रमणबाटै गोरखाको पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षिय पुरुषको पनि गएराति मृत्यु भएको छ । असार १७ गते कतारबाट आएका उनी पालुङटारकै क्वारेन्टिनमा बसेका थिए । १८ गते स्वाव संकलन गरी कोरोना परीक्षण गरिएकोमा हिजो पोजेटिभ देखिएको थियो । निमोनियया र डाइबेटिजका दिर्घरोगी उनको गएराति मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगको मुद्दा ‘पूर्ण इजलास’ मा किन पठायो ?
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
