२ जना मृतावस्थामा फेला
काठमाडौं । रौतहट र सप्तरीमा २ जना मृतावस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार रौतहटको देवाहीगोनाही नगरपालिका-२ लक्ष्मीनिया टोल बस्ने शेख कमरे आलमको १३ वर्षीय छोरा शेख अबिउल्लाह यमुनामाई नगरपालिका-२ भेडियाहीस्थित भेडियाही खोलामा शुक्रबार दिउँसो मृत अवस्थामा फेला परेका छन ।
देवाहीगोनाही नगरपालिका-२ स्थित कमदी खोलामा बुधबार नुहाउन गएकोमा घर नफर्किएपछि ईलाका प्रहरी कार्यालय देवाहीगोनाहीबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा उक्त खोलाको बिच भागमा जलकुम्भी झारमा उनको शव फेला पारेको हो ।
यसैगरी सप्तरीको देवानगंज गाउँपालिका-६ राजगणसिनवारी बस्ने ६० वर्षीय डोमी यादव तिलाठी कोईलाडी गाउँपालिका-५ बनरझुल्ला टिकुलियास्थित ९ नम्बर स्परमा शुक्रबार राति मृत अवस्थामा फेला परेका छन् । मंगलबार दिउँसो कोशी टप्पुमा गाईवस्तु चराउन जाँदा हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा
-
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
-
१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण