मेलम्चीको पानी सुरुङभित्र पठाइयो
काठमाडौं । मेलम्ची खोलाको पानी सुरुङभित्र पठाउन सुरु गरिएको छ । निर्माण सम्पन्न भएको सुरुङमार्ग विस्तृत परीक्षणका लागि खोलाबाट सुरुङभित्र पानी पठाउन थालिएको मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेश खत्रीले रातोपाटीलाई जानकारी दिए ।
आइतबार बिहान साढे ९ बजे खोलामा बाँधिएको अस्थायी बाँधमार्फत सुरुङभित्र पानी पठाउन सुरु गरिएको हो । आयोजना प्रमुख खत्रीका अनुसार सुरुङमा पानी हालेपछि परीक्षण गर्दै सुन्दरीजलसम्म पानी आइपुग्न १५ देखि २० दिन लाग्छ । खोलादेखि सुन्दरीजलसम्म सुरुङमा पानी पठाएर क्रमश: परीक्षण हुन्छ ।
यसैगरी काठमाडौंमा पानी झार्नका लागि झन्डै २ महिनासम्म परीक्षण गर्न समय लाग्ने बताउँदै यो बीचमा सुरुङमा पानी भर्दै खाली गर्दै गर्नुपर्ने र विस्तृत रुपमा जाँच गर्नुपर्ने जानकारी दिए ।
आज सुरुमा खोलाबाट झन्डै १ किलोमिटर सुरुङमार्ग पानीले भरेर अडिट टनेलमार्फत पुन खोलामै पानी झारिँदै छ । खोलाबाट अम्बाथान अडिटसम्म पानी पठाएर परीक्षण थालिएको हो । भोलि अम्बाथानको अडिट टनेलको ढोका बन्द गरेर सुरुङमार्गतर्फ पानी पठाइँदैछ । आउँदो पुससम्म खोलामा स्थायी बाँध बाधिसक्ने र त्यसअघि अस्थायी बाँधबाट पानी पठाइने खत्रीले बताए ।
सुरुङको गेट तथा सञ्चालन प्रविधि जडान सम्पन्न गरेपछि पानी पठाएर परीक्षण थालिएको हो । इटालियन ठेकेदार कम्पनीले बाँकी छोडेर गएको काम हाल चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले गरिरहेको छ । सो कम्पनीलाई आगामी पुसको दोस्रोसाता भित्र काम सम्पन्न गर्न अन्तिम समयसीमा दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण