समयमै बजेट उपलब्ध नहुँदा कार्यसम्पादनमा समस्या
काठमाडौं । संवैधानिक आयोगहरुमा पदाधिकारी र बजेट समयमै उपलब्ध नहुँदा कार्यसम्पादनमा समस्या हुने गरेको छ ।
सरकारले आयोगहरुलाई अधिकार पनि नदिने तथा पदाधिकारी र बजेट समेत समयमा नदिँदा कार्यसम्पादनमा समस्या हुने गरेको छ । आयोग गठन भएको लामो समय वित्दा समेत अझै धेरै आयोगहरुमा पदाधिकारीहरु पूर्ति गरिएको छैन ।
संसदको महिला तथा सामाजिक समितिमा आयोगको प्रतिवेदनमा माथिको छलफलमा मुस्लिम आयोगका प्रतिनिधिहरुले बजेट र पदाधिकारी समयमै उपलब्ध नहुँदा कार्यसम्पादनमा समस्या भएको बताए ।
आयोगका सचिव शम्भु बहादुर खड्काले पुरै अधिकार पनि नदिने पदाधिकारी पनि समयमा नदिए आयोग गठन गर्नुको औचित्य नहुने बताए । सरकारले अहिले दिएको बजेटको ८० प्रतिशत भन्दा बढी रकम तलब भत्तामै सकिने गरेकोले स्रोतहरु कम हुँदा कार्यम गर्न समस्या भएको उनले बताए ।
आयोगका अध्यक्ष समिम मिया अन्सारीले कुनै पनि संवैधानिक आयोगमा सरकारले प्रयाप्त स्रोत साधनको व्यवस्था गर्न नसकेको बताए । पछाडि पारिएका समुदायको उत्थानका लागि गठन भएका आयोगहरुमा प्रयाप्त स्रोत साधन नहुदा काम गर्न समस्या हुने गरेको उनले बताए ।
आयोगको प्रतिवेदन माथिको छलफलमा सांसदहरुले मुस्लिम समुदायभित्र देखिएका समस्याहरु समाधानका लागि काम गर्न आग्रह गरेका थिए । सांसद लक्ष्मी परियारले सबैभन्दा ठूलो कुरा शिक्षा र स्वास्थ्य भएकाले त्यसलाई ध्यान दिनुपर्ने बताइन् ।
मुस्लिम समुदायमा महिला हिंसाका घटनाहरु बाहिर नआउने समस्या रहेको उल्लेख गर्दै महिलाको अधिकारलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने तर्फ पनि ध्यान दिन आग्रह गरिन् ।
सांसद गंगा चौधरी सत्गौवाले मदरशाहरुलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।
सांसद शिव कुमार मण्डलले मदरशाहरुलाई प्राविधिक शिक्षासँग जोड्न आवश्यक रहेको बताए ।
अर्का सांसद नारायण प्रसाद खतिवडाले पदाधिकारी र पैसा अपुग भयो भनेर काम रोक्न नहुने बताए । नीति निर्माण तहमा गर्नुपर्ने काम नेतृत्व भएपछि सहज हुने भन्दै नेतृत्व प्राप्त गरेको निकायहरुले काम सुरु गर्नुपर्नेमा उनले जोड दिए ।
समिति सभापति निरुदेवी पालले मुस्लिम समुदायलाई राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक र शैक्षिक क्षेत्रको मुल प्रवाहमा ल्याउन जरुरी रहेको बताइन् ।
समितिले कोरोना नियन्त्रणका लागि आयोगले देखाएको तत्परताको सराहना गरेको छ । आगामी दिनमा समेत सतर्कताका साथ काम गर्न समितिले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बिमा बोर्डको माग दाबीसम्बन्धी तथ्याङ्क हरायो
-
कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार, नेपाल फर्काइयाे
-
तस्बिरमा हेर्नुहोस् राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशन
-
कुलिङ पिरियड निजामतीलाई मात्र होइन, सबैका लागि राख्नुपर्छ - भवानी दाहाल
-
जेठ १५ गते पूर्व राजालाई घरमै सिंहासन बनाएर राखे हुन्छ : प्रधानमन्त्री
-
प्रतिगमनकाे कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले रहन्छ : प्रधानमन्त्री