नेपोटिजमको विषयमा तापसी पन्नूमाथि भड्किइन् कंगना रनौतः भनिन्, ‘लाज लाग्नुपर्ने हो’
बलिउडमा नेपाटिजमको विवाद सुरु गर्नुको श्रेय कंगना रनौतलाई जान्छ जसले थुप्रै मौकामा बलिउडको एक तप्कालाई निशानामा पारेकी छिन् । उनले थुप्रै स्टार किड्सलाई पनि आरोप लगाएकी छिन् । यसैबीच अब सोसल मिडियामा कंगना रनौत र तापसी पन्नूबीच शीतयुद्ध चर्किएको छ । कंगना रनौतले सोसल मिडियामा तापसीमाथि निशाना साँधेकी छिन् ।
कंगनाले लगाइन् तापसीमाथि आरोपः
कंगनाले एक ट्वीट गरेर तापसीमाथि आरोप लगाएकी छिन् । आधिकारिक ट्वीटर अकाउन्टमार्फत् गरिएको ट्वीटमा भनिएको छ, ‘यस्ता थुप्रै चाप्लुसी छन् जसले कंगनालाई कमजोर गर्ने कोसिस गरिरहेका छन् । उनीहरु बस् मुभी माफियाको किताबमा राम्रो भइरहनुपर्छ । कंगनाको कुरा काट्दा उनीहरुले अवार्ड पाउँछन् । यी मानिसहरु प्रताडित पनि गर्छन् । तिमीलाई लाज लाग्नुपर्नेे हो तापसी, तिमीले कंगनाले संघर्षको फाइदा उठाएर उनीविरुद्ध उत्रिएकी छौ ।’
अब कंगनाको यस्तो बयानमा तापसीले सीधा रुपमा त केही पनि बोलेकी छैनन् तर उनले सोसल मिडियामा एउटा पोस्टमार्फत् उनीमाथि निशाना भने साँधेकी छिन् । तापसीले नाम नलिइकनै लेखेकी छिन्, ‘मैले आफ्नो जीवनमा धेरै कुरा सिकेकी छु । पछिल्लो केही महिनामा त अझै धेरै । यसमार्फत् मैले जीवनलाई सही दृष्टिकोणमार्फत् हेर्न सकेकी छु ।’
तापसीले एउटा भनाई सेयर गर्दै आफूृले नकारात्मकता फैलाउने व्यक्तिलाई ध्यान नदिने बताएकी छिन् । यस्तै, अर्को एटा भनाईमार्फत् तापसीले भन्न खोजेकी छिन्, ‘खराब व्यक्तिसँग खराब व्यवहार नगर । यसको साटो उनीहरु थोरै समझदार होउन् भनेर प्रार्थना गरिदिनुहोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण