चिनियाँ राष्ट्रपतिका आलोचक प्राध्यापक झंगरुन पक्राउ
मङ्गलबार, २३ असार २०७७, ०९ : ४३
चीनको राजधानी बेइजिङमा प्रहरीले सोमबार राष्ट्रपति शी जिनपिङका कडा आलोचक जू झंगरुनलाई उनको घरबाट पक्राउ गरेको छ । जू शिघुवा युनिभिर्सिटीमा कानूनका प्राध्यापक हुन् । उनका साथी गेंग जियोओनानले गत महिना जूको एउटा किताब न्यूयोर्कमा प्रकाशित भएको जानकारी दिए । यसमा जिनपिङ र उनको कम्युनिष्ट पार्टीको शासनको तिखो आलोचना गरिएको छ ।
किताबमा १० राजनीतिक निबन्ध छन् । यसै किताबका कारण जूलाई पक्राउ गरिएको हो । यसअघि स्थानीय मिडियामा जूलाई घरमा नजरबन्द गरिएको समाचार प्रकाशित भएको थियो । जूले आफ्नो एक निबन्धमा चीनमा जिनपिङको ‘वन म्यान सत्ता’ का कारण कोरोना बढेको आरोप लगाएका थिए ।
अर्को एक निबन्धमा चीन माओत्से तुङको अधिनायकवादी शासनतर्फ उन्मुख भएको उनले आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण