सुशान्त सिंह राजपूतको अन्तिम फिल्मले पछाडि पार्यो यी स्टारको रेकर्ड
एजेन्सी – केही समयअगाडि आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर अत्यधिक धेरै पटक हेरिएको छ । उक्त फिल्मको ट्रेलर युट्युबमा रिलिज भएको ९८ मिनेटभित्र १० लाख लाइक्स पाउने संसारको पहिलो भिडियो भएकोले विश्व रेकर्ड समेत बनाएको छ ।
यसका साथै, यो फिल्मको ट्रेलरले बलिउडका स्टारहरुको अन्य रेकर्डहरुसमेत तोडिदिएको छ । रिलीज भएको २४ घण्टा नपुग्दै फिल्मले थुप्रै रेकर्ड बनाउन सफल भएको छ । अहिलेसम्म यो भिडियोलाई २२ मिलियनभन्दा बढी पटक हेरिएको छ भने ५ मिलियन लाइक्स आएको छ ।
जसले गर्दा बलिउडका स्टारहरुको फिल्मलाई समेत पछाडि पार्न सफल भएको छ ।
सुशान्तको फिल्मको ट्रेलरले १८ घण्टामा ४.७ मिलियन लाइक्स पाउन सफल भएको छ । यसैगरी, ऋतिक रोशनको फिल्म ‘सुपर ३०’ ले अहिलेसम्म १.४ मिलियन लाइक्स पाएको छ । भने आलिया भट्टको फिल्म ‘राजी’ले अहिलेसम्म ३ लाख लाइक्स पाएको छ । यस्तै, सारा अली खानको फिल्म ‘लब आजकल–२’ को ट्रेलरले अहिलेसम्म ६ लाख लाइक्स पाएको छ । त्यस्तै, बरुण धवन र श्रद्धा कपूरको फिल्म ‘स्ट्रीट डान्सर 3 डी’ ले करिब ९ लाख लाइक्स मात्र पाएको छ ।
यसैगरी, सुशान्तको फिल्मले तीनै जना खानहरु (सलमान, शाहरुख र आमिर) को फिल्मको ट्रेलरको रेकर्ड समेत तोडिदिएको छ । शाहरुखको फिल्म ‘जिरो’ले अहिलेसम्म २ मिलियन लाइक्स, आमिर खानको ‘दंगल’ले ३ लाख ७५ हजार र सलमान खानको ‘सुल्तान’ले २ लाख २९ हजार मात्र लाइक्स पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण