मीराको खुसी जीवनको रहस्य हुन् शाहिदः विवाहको पाँचौ वर्षगाँठमा भनिन्,‘याद राख, श्रीमती सधैं सही हुन्छिन्’
बलिउड नायक शाहिद कपुरले आफ्नो विवाहको पाँचौं वर्षगाँठ मंगलबार मनाएका छन् । यो मौकामा उनकी श्रीमती मीराले इन्स्टाग्राममा उनीसँगको एउटा फोटो सेयर गर्दै उनलाई वर्षगाँठको बधाई दिइन् । यसका साथै उनले नोट पनि लेखेकी छिन् ।
मीराले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘५ वर्ष, ४ आत्मा, ३ घर, २ बच्चा र १ सुन्दर परिवार । जीवनको यो यात्रामा तिमीबाहेक अरु कसैलाई रोज्न सक्दिनथेँ । तिम्रो प्रत्येक दिन झन् धेरै माया लाग्छ । म संसारकै भाग्यमानी हुँ किनभने मेरो जीवनको प्रेमलाई नै मैले मेरो सबैभन्दा मिल्ने साथीको रुपमा पाएकी छु । मेरो शक्ति बनिदिएकोमा, मेरो यात्रामा हातमा हात मिलाएर सँगै हिँडेकोमा र अहिलेसम्मका सबै कुराका लागि धन्यवाद । आइ लभ यू ।’
उनी थप्छिन्, ‘तिमीसँग हुँदा म सबैभन्दा धेरै हाँसिरहेकी हुन्छ । तीमध्ये धेरैपटक म तिमीलाई हेरेर हाँसिरहेकी हुँदिनँ । कृपया यो कुरा नबिर्सिनु कि श्रीमती सधैं सही हुन्छिन् र तीन सुनौलो अक्षर हो, ‘आइ एम सरी’ ।’
यस्तै, शाहिद कपुरले पनि मीरा र आफ्नो तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘पाँच वर्ष । एकै झट्कामा बित्यो । स–सानो कुरामा सुन्दरता देख्न थालेँ । ‘मिलेर सकिन्छ’ भन्ने कुराको अर्थ बुझेँ । तिमीसँग केही समय अझै बिताउन पाएँ । तिमी तिमी भइदिएकोमा धन्यवाद र मलाई अझ राम्रो बन्न सहयोग गरिदिएकोमा धन्यवाद । मेरी मायालु, ह्याप्पी एनिभर्सरी ।’
मीरा र शाहिदको विवाह २०१५ जुलाई ७ मा भएको थियो । उनीहरुका दुई सन्तान छोरी मीशा र छोरा जेन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण