मीराको खुसी जीवनको रहस्य हुन् शाहिदः विवाहको पाँचौ वर्षगाँठमा भनिन्,‘याद राख, श्रीमती सधैं सही हुन्छिन्’
बलिउड नायक शाहिद कपुरले आफ्नो विवाहको पाँचौं वर्षगाँठ मंगलबार मनाएका छन् । यो मौकामा उनकी श्रीमती मीराले इन्स्टाग्राममा उनीसँगको एउटा फोटो सेयर गर्दै उनलाई वर्षगाँठको बधाई दिइन् । यसका साथै उनले नोट पनि लेखेकी छिन् ।
मीराले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘५ वर्ष, ४ आत्मा, ३ घर, २ बच्चा र १ सुन्दर परिवार । जीवनको यो यात्रामा तिमीबाहेक अरु कसैलाई रोज्न सक्दिनथेँ । तिम्रो प्रत्येक दिन झन् धेरै माया लाग्छ । म संसारकै भाग्यमानी हुँ किनभने मेरो जीवनको प्रेमलाई नै मैले मेरो सबैभन्दा मिल्ने साथीको रुपमा पाएकी छु । मेरो शक्ति बनिदिएकोमा, मेरो यात्रामा हातमा हात मिलाएर सँगै हिँडेकोमा र अहिलेसम्मका सबै कुराका लागि धन्यवाद । आइ लभ यू ।’
उनी थप्छिन्, ‘तिमीसँग हुँदा म सबैभन्दा धेरै हाँसिरहेकी हुन्छ । तीमध्ये धेरैपटक म तिमीलाई हेरेर हाँसिरहेकी हुँदिनँ । कृपया यो कुरा नबिर्सिनु कि श्रीमती सधैं सही हुन्छिन् र तीन सुनौलो अक्षर हो, ‘आइ एम सरी’ ।’
यस्तै, शाहिद कपुरले पनि मीरा र आफ्नो तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘पाँच वर्ष । एकै झट्कामा बित्यो । स–सानो कुरामा सुन्दरता देख्न थालेँ । ‘मिलेर सकिन्छ’ भन्ने कुराको अर्थ बुझेँ । तिमीसँग केही समय अझै बिताउन पाएँ । तिमी तिमी भइदिएकोमा धन्यवाद र मलाई अझ राम्रो बन्न सहयोग गरिदिएकोमा धन्यवाद । मेरी मायालु, ह्याप्पी एनिभर्सरी ।’
मीरा र शाहिदको विवाह २०१५ जुलाई ७ मा भएको थियो । उनीहरुका दुई सन्तान छोरी मीशा र छोरा जेन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर