प्रचण्डसँगको छलफलपछि शीतलनिवास पुगे प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
बुधबार साँझ राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् । त्यस क्रममा प्रधानमन्त्री र राष्ट्रपतिबीच एक घण्टा भेटवार्ता भएको उच्च सुरक्षा स्रोतले जनाएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चर्किरहेका बेला प्रधानमन्त्री ओली राष्टपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् ।
बुधबार प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा झण्डै २ घण्टा वार्ता भएको थियो । बुधबारको ओली प्रचण्ड वार्ता यसअघिका वार्ताकै निरन्तरता भएको बताइएपनि यसबारे नेताहरुले मुख खोलेका छैनन् । आइतबार यता दैनिक भएका भेटवार्ता अघिल्ला दिनकै निरन्तरता भएको दुवै नेता निकट स्रोतहरुले बताएका छन् ।
आइतबारको भेटमा ओली प्रचण्ड आरोप प्रत्यारोपमा उत्रिएपनि सोमबार ओलीको धारणा प्रचण्डले सुनेका थिए भने मंगलबारको भेटमा प्रचण्डको धारणा ओलीले सुनेका थिए ।
बुधबारको भेटमा भने दुवैले आ–आफ्ना कुरा सुनाएका थिए । एक अर्काका कुरा सुनेपनि दुवै नेता यसअघि राखेका अडानबाट दायाँबायाँ भएका छैनन् । अध्यक्ष प्रचण्डले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिन सुझाव दिइरहेका छन् भने ओेली कुनैपनि पद छोड्न तयार छैनन् ।
बुधबार ओलीससँगको भेटअघि वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल प्रचण्ड निवास खुमलटारमा पुगेर ओलीसँगको वार्ता र प्रगतिबारे सोधखोज गरेका छन् ।
त्यस क्रममा प्रचण्डले ओली अझैपनि राजीनामा दिने पक्षमा नरहेको आफूले पाएको नेपाल र खनालसँग ब्रिफिङ गरेका थिए । प्रचण्डको ब्रिफिङ सुनेका नेपाल र खनालले ओलीले अटेर गरेरै जित्छु भन्ने ठानेको भन्दै अब बस्ने स्थायी समिति बैठकमा निर्णय नै गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।
सोही सन्देश बोकेर प्रचण्ड बधबार ओली भेट्न बालुवाटार पुगेका थिए । तरपनि ओलीले आफ्नो राजीनामा समस्याको निकास हुन नसक्ने भन्ने पुरानै अडान दोहोर्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
