८ प्रहरीको हत्या गर्ने विकाश दुबे पक्राउ
भारतको कानपुरमा आठ प्रहरीको हत्याका मुख्य अभियुक्त विकाश दुबेलाई मध्य प्रदेशको उज्जैनबाट पक्राउ गरिएको बीबीसी हिन्दीले जानकारी दिएको छ ।
उज्जैनको महाकाल मन्दिरबाट विकास दुबेलाई पक्राउ गरिएको बताइएको छ ।
विकास दुबे महाकाल मन्दिरमा पुगेको सूचना कुनै स्रोतले दिएपछि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो ।
भारतीय समाचार माध्यम दैनिक भास्करका अनुसार महाकाल मन्दिरको सुरक्षा समूहले उनलाई संदिग्ध ठानेर पक्राउ गरेको थियो । त्यसपछि महाकाल थानाले प्रहरीलाई सूचना दिए । यद्यपि, विकास महाकाल मन्दिर परिसरमा पुगेर आफू विकास दुबे हुँ भन्दै चिच्याएको पनि केहीले बताएका छन् । मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले विकास मध्यप्रदेशको हिरासतमा भएको जानकारी दिँदै उनलाई कसरी पक्राउ गरियो भन्नेबारे केही जानकारी दिनु ठिक नभएको बताए ।
प्रहरीले उनीमाथि पाँच लाख भारु इनामसमेत तोकेको थियो ।
उत्तर प्रदेश प्रहरीको समूहले उनलाई पछिल्लो ६ दिनदेखि खोजिरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण