नीतू कपुरको जन्मदिन मनाउन पुगे करन जोहर, ट्रोलर्सले उठाए प्रश्न
८ जुलाईमा नीतू कपुरले आफ्नो ६२ औं जन्मदिन मनाइन् । यो मौकामा फिल्मी उद्योगका थुप्रैले उनलाई बधाई दिए । जन्मदिनको बेलुका नीतू कपुरले आफ्ना सन्तान रणबीर र रिद्धिमा कपूरसहित फिल्मी उद्योगका केही साथीहरुसँग बिताउने निश्चित गरिन् । यतिबेला करण जोहर पनि उनको घर पुगे ।
आफ्नो जन्मदिनको उपलक्षमा गरिएको भेटघाटको तस्बिर नीतूले सोसल मिडियामा सेयर गरिन् । उक्त भेटघाटमा रणबीर कपूर, रिद्धिमा कपुर, श्वेता बच्चनका छोरा अगस्त्या नन्दा, नीतूकी नन्द रीमा जैन र करण जोहरको उपस्थिती थियो । उनीहरु सबै निकै खुसी देखिन्छन् ।
यी फोटो सेयर गर्दै नीतू कपुरले लेखिन्, ‘राम्रो सम्बन्ध हुनेहरु सबैभन्दा धनी हुन्छन् । हामीहरु सबैलाई आफ्ना प्रियजनबाट माया र साथ चाहिन्छ । मैले आज आफू संसारकै धनी व्यक्ति महसुस गरेँ ।’
सुशान्तको मृत्युपछि अत्यधिक ट्रोल भइरहेका छन् करन जोहरः
सुशान्त सिंह राजपूतको मृत्युपछि पहिलो पटक उनलाई देखिएको हो । करनले सोसल मिडियामा पोस्ट गर्न बन्द गरिदिएका छन् । उनी कतै बाहिर निस्किएको पनि देखिएका छैनन् । यस्तोमा नीतूको जन्मसदनमा करन जोहरलाई देख्दा ट्रोलर्सले प्रश्न उठाउन थालेका छन् ।
केही दिन अघि करनका एक साथीले मिडियासँगको कुराकानीमा करन जोहर आफ्नो ट्रोलिङ र आलोचनाले निकै चिन्तित भएको र यसले उनको मानसिक स्वास्थ्यलाई प्रभावित पारिरहेको बताइएको थियो । अब पार्टीको फोटोमा प्रयोगकर्ताले यसै कुरामा जोड दिइरहेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘मैले कतै पढेको थिएँ कि करन जोहर विक्षिप्त भएका छन् । मलाई त उनी पूर्ण रुपमा ठिक लागिरहेको छ ।’
अर्का एक प्रयोगकर्ताले लेखे, ‘मैले त केजोमतीको अनुहारमा कुनै दुःख देखिनँ ।’ यसको जवाफमा एक प्रयोगकर्ताले लेखे, ‘मैले त सुनेको थिएँ करन जोहर छाती पिटिपिटी रोइरहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण