सुशान्तको मृत्युपछि निरन्तरको घृणायुक्त कमेन्टले तनावमा अंकिता लोखेन्डका प्रेमी विकी, सोसल मिडियामा गरे यस्तो
सुशान्त सिंह राजपूतको आत्महत्याले उनका प्रशंसकलाई ठूलो झट्का दिएको छ । उनले आत्महत्या किन गरे, यसबारे पत्ता लगाउन प्रहरी जुटेको छ तर सोसल मिडियामा विभिन्न अनुमान गरिएको छ । बलिउडमा परिवारवाद र समूहवादलाई पनि सुशान्तको मृत्युको जिम्मेवार मानिएको छ ।
यस्तै, करन जोहर, आलिया भट्ट, अनन्या पाण्डेयजस्ता सेलिब्रिटीले पनि यो विषयमा घृणाको सामना गर्नु परिरहेको छ । यो सूचीमा अंकिता लोखंडेका प्रेमी विकी जैनको नाम पनि जोडिएको छ ।
विकीले पाइरहेका छन् घृणायुक्त कमेन्टः
सुशान्तको मृत्यु पछि विकीले सोसल मिडियामा लगातार घृणायुक्त कमेन्टको सामना गर्नुपरिरहेको छ । यसकारण विकीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा कमेन्ट सेक्सन बन्द गरेका छन् । हुन त विक्की इन्स्टाग्राममा खासै सक्रिय त छैनन् । उनले अन्तिम पोस्ट गत वर्ष डिसेम्बरमा गरेका थिए तर मानिसहरुले उनको पुरानो पोस्टमा नै तथानाम भनेका छन् ।
एक प्रयोगकर्ताले लेखेका छन्, ‘अंकितालाई छोडिदेउ ।’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘तपाईं अंकिताको लायक हुनुहुन्नँ, उनी सुशान्त सिंहकी मात्रै हुन् ।’
अर्का एक प्रयोगकर्ताले लेखे, ‘भाइ, तपाईं नै उनीहरु बीच आएर यी दुईको सम्बन्धमा फाटो निम्त्याउनुभयो । ’ यस्तै केही प्रयोगकर्ताले अंकिताको हेरविचार गर्नसमेत सल्लाह दिए ।
सुशान्तसँग ब्रेकअप पछि विकीसँग सम्बन्धमा रहिन् अंकिताः
सुशान्त र अंकिता ६ वर्षसम्म लिभ इन सम्बन्धमा थिए तर सन् २०१६ मा उनीहरुको ब्रेकअप भयो । त्यसको केही वर्षपछि अंकिताको जीवनमा मुम्बईमा व्यापारी विकी जैन आए । अंकिताले आफ्नो सोसल मिडियामा विकीसँगको रोमान्टिक तस्बिर सेयर गर्ने गर्छिन् । यी दुईले वर्षको अन्त्यमा विवाह गर्ने तयारी गरिरहेको खबर पनि थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण