छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु
बुटवल । प्रदेश ५ मा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ ।
प्रदेश ५ प्रहरी कार्यालयले दिएको जानकारी अनुसार रुपन्देही र पाल्पामा बेवारिसे अवस्थामा २ वटा शव फेला परेको छ भने गुल्मीमा खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ ।
रुपन्देहीको तिलोत्तमा न.पा.६ पश्चिम पौनीस्थित तिनाउ खोलाको बीच भागमा २५ वर्ष उमेरको पुरुषको शव फेला परेको छ । खोलामा भेटिएको शवको विषयमा थप अनुसन्धान भइरहेको वडा प्रहरीले कार्यालयले बुटवलले जनाएको छ ।
यसैगरी पाल्पाको तानसेन न.पा.१४ ऋषिकेश मन्दीर नजिकै रहेको प्रतिक्षालयमा हालसम्म नाम थर नखुलेको अन्दाजी बर्ष ६५ का पुरुष व्यक्तिको शव फेला परेको छ । यता गुल्मीका खोलाले बगाउदाँ एक जना बालकको मृत्यु भएको छ ।
गुल्मी दरबार गा.पा.६ बेलपोखरा घर भई रेसुङ्गा न.पा.११ राङवासका ६ बर्षीय बालकको स्थानीय बठाआ खोलाले बगाउँदा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण