भारतीय सञ्चारमाध्यममा प्रशारण भएको सामग्रीप्रति मुख्यमन्त्रीको आपत्ति
हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यमले प्रशारण गरिरहेको समाचार सामग्रीप्रति आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘बौद्धिकता शून्य भएर, अत्यन्तै तल्लोस्तरमा ओर्लेर गरिएको टिप्पणीले भारतीय पत्रकारिताभित्रको बौद्धिक खडेरीलाई उदाङ्गो पारेको छ ।’
मुख्यमन्त्री पौडेलले एकाइसौँ शताब्दीको मानव चेतनाविपरीत छिमेकी देशकी एक कर्मशील महिला कर्मचारी तथा अर्को छिमेकी देशका प्रधानमन्त्री जस्तो गरिमामय पदमा आसिन व्यक्तित्वको गरिमाको सामान्य ख्यालसमेत नराखी, बौद्धिकता शून्य भएर, अत्यन्तै तल्लोस्तरमा ओर्लेर गरिएको टिप्पणीले भारतीय पत्रकारिताभित्रको बौद्धिक खडेरीलाई उदाङ्गो पारेको बताएका छन् ।
उनले यस्ता नेपालविरोधी हर्कत प्रम विरुद्धको लड़ाइँ मात्र नभई सिङ्गो नेपालको स्वाभिमान, सार्वभौमसत्ता र अखण्डतामाथिको नाङ्गो आक्रमण भएकाले यस्तो क्रियाकलापलाई किमार्थ स्वीकार्न नसकिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण