सुशान्त सिंह राजपूतको आत्महत्याले लियो नयाँ मोड, बिहार कोर्टको यस्तो फैसला
एजेन्सी – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याका जिम्मेवार ठहर गर्दै सलमान खान, एकता कपूर, सञ्जय लीला भंसाली र करण जौहरविरुद्ध दायर गरिएको मुद्दा खारेज भएको छ ।
बुधबार बिहारको एक अदालतले उक्त मुद्दा खारेज गरिदिएको हो । अदालतको न्यायिक सीमाको दायरा उल्लेख गर्दै उक्त मुद्दा खारेज गरिएको हो । अदालतले उक्त मुद्दा अदालतको क्षेत्राधिकारभित्र नपर्ने समेत जिकिर गरेको छ ।
मुजफ्फपुरका मुख्य न्यायिक म्याजिस्ट्रेट (सीजेएम) मुकेश कुमारले स्थानीय वकिल मुकेश कुमार ओझाको उक्त निवेदन अदालतको क्षेत्राधिकारभित्र नपर्ने भन्दै खारेज गरिदिएका थिए ।
सुशान्त सिंह राजपूतले आत्महत्या गरेको तीन दिनपछि स्थानीय मुकेश कुमार ओझाले अभिनेत्री कंगना रनौत साक्षी बनाएर बलिउडका केही सेलिब्रेटीविरुद्ध मुद्दा दायर गरेका थिए ।
सुशान्तको आत्महत्यापछि कंगनाले छुट्टाछुट्टै भिडियोमार्फत बलिउडमा व्याप्त नेपोटिज्म र फेभरेटिज्म नै उनको आत्महत्याको कारण भएको उल्लेख गर्दै आएकी छिन् ।
सुशान्तले गत जुन १४ मा आत्महत्या गरेका थिए । उनको पोस्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण झुण्डिँदा सास रोकिएर मृत्यु भएको उल्लेख छ । उनको आत्महत्यापछि २९ जनासँग प्रहरीले सोधपुछ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण