ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७२ हजार पुग्यो (अपडेट)
एजेन्सी । ब्राजिलमा कोरोना भाइरस ९कोभिड १९० बाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दो रहेको देखिएको छ । साथै यहाँ पछिल्ला हप्ता हरुमा यस संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्यामा पनि बृद्धि भइरहेको प्राप्त तथ्यांकहरुमा देखिएको छ ।
यहाँको स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्यांकअनुसार यहाँ यस संक्रमणबाट ज्यान जाने व्यक्तिहरुको संख्या कम्तीमा पनि ७२ हजार पुगेको बताइएको छ । ब्रालिजमा पछिल्लो २४ घन्टायतामात्र ६३१ जनाको ज्यान गएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ लाख ६४ हजार जना पुगेको छ । पछिल्लो २४ घण्टा यता मात्र ब्राजिलमा २४ हजार ९३१ जना नयाँ संक्रमित फेला परेका हुन् ।
त्यस्तै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ७२ हजार १०० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसका यतिधेरै संक्रमित थपिएका छन् । त्यस्तै गएको २४ घन्टामा ६३१ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
गएको शनिबारमात्र यहाँ ३९ हजार जना नयाँ संक्रमित थपिएको जनाएको थियो । एकै दिनमा यहाँ यति धेरै संक्रमित थपिनुका साथै १ हजार ७१ जनाको ज्यान गएको थियो । त्यसैगरी शुक्रबार मात्र यहाँका करिब १ हजार २०० जनाको एकैदिनमा निधन भएको बताइएको छ । यहाँ पछिल्लो समयमा नयाँ संक्रमितका साथै मृत्यु हुनेको संख्यामा पनि बृद्धि भइरहेको छ ।
ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोले बार, रेस्टुरेन्ट, ब्युटीपार्लर, सैलुन खोल्ने तयारी गरिरहेको अवस्थामा ब्राजिलमा कोरोना भाइरसका संक्रमितको संख्या १८ लाख नाघेको हो । उता रियो दि जेनेरियोमा भने यसै हप्तामात्र बार र रेष्टुरेन्ट खुलिसकेका छन् । ब्राजिल अमेरिकापछि कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित हुने मुलुक हो । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण