मेलम्चीको बाँध फुट्दा इन्जिनियरसहित दुई बेपत्ता, दुई जना घाइते
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलको १७ नम्बर गेट भत्किँदा सिन्धुपाल्चोकमा एक इन्जिनियरसहित २ जना बेपत्ता भएका छन् ।
बेपत्ताको खोजीकार्य जारी रहेपनि हालसम्म फेला नपरेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले रातोपाटीलाई जानकारी दिए । उनले इन्जिनियर शतिश वैद्य र चालक राधाकृष्ण थापा खोलामा बगेर बेपत्ता भएको भन्दै उनीहरुको खोजीकार्य जारी रहेपनि हालसम्म फेला पर्न नसकेको बताए ।
यस्तै घटनामा घाइते भएका इन्जिनियर शेखर खनाल र सर्भे असिस्टेन्ट पेम्बा दोर्जे तामाङलाई उपचारका लागि काठमाडौं पठाइएको उनले बताए । आयोजनाको सुरुङमा पठाइएको पानीको अवस्था हेर्नका लागि जाँदा एकाएक बाँधको १७ नम्बर गेट भत्किन पुगेको थियो । सो क्रममा एउटा गाडी समेत बगाएकाे छ ।
केही दिनअघि मात्रै मेलम्ची आयोजनाको सुरुङमा पानी राखेर परीक्षणको काम भइरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण