प्रधानमन्त्री ओलीलाई रावलको प्रश्न : विषयान्तर किन ?
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले राम र अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिएको अभिव्यक्तिमाथि प्रश्न गरेका छन् ।
प्रधानमन्त्री ओलीले हिन्दुहरूका भगवान् श्रीराम भारतमा नभई नेपालमा जन्मिएको बताएका थिए ।
त्यसबारे नेता रावलले मंगलबार ट्वीट गर्दै भारतले मिचेका सीमा, तराईका बस्ती डुबान र कालापानीबाट भारतीय फौज हटाउनुपर्ने विषय उठाउनुपर्नेमा प्रधानमन्त्रीले यस्ता अभिव्यक्ति दिएर विषयान्तर गर्न खोजेको बताएका छन् ।
‘सीमा क्षेत्र मिचिएको,तराईका बस्ती डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने विषय उठाई भारतसँग कुरा गर्नुपर्ने हो कि राम र अयोध्याबारे बहस गर्नुपर्ने हो ?’ भन्दै उनले ‘विषयान्तर किन ? देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीँ छलफल गर्नु नपर्ने कस्तो तन्त्र हो ?’ भनेर प्रश्न गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण