पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ६ जनाले जिते कोरोना
पोखरा । पोखरा स्वास्थ्य विज्ञानको आइसोलेसन कक्षमा उपचाररत ६ जनाले कोरोना जितेका छन् । कास्कीका ५ र स्याङ्जाका १ गरि ६ जना संक्रमित निको भएर घर फर्किएका हुन् । थप ६ जनाले कोरोना जितेर घर फकिएसँगै गण्डकीमा कोरोना जित्नेको संख्या ७ सय ८५ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यकाअनुसार आइसोलेसन कक्षमा उपचाररत ६ जना संक्रमित मंगलबार निको भएर डिस्चार्ज भएका छन् ।
उनका अनुसार कोरोना जितेर घर फर्किनेमा माछापुछ्रे गाउँपालिका ९ का ३३ वर्षिय पुरुष, स्याङ्जा वालिङका २६ वर्षीय पुरुष, अन्नपूर्ण गाउँपालिका ११ कास्कीका २६ वर्षिय पुरुष, पोखरा ६ कास्कीका ३६ वर्षिय पुरुष । यसैगरि, पोखरा ६ कै १६ वर्षिय पुरुष र पोखरा पोखरा १७ कास्कीका ८९ वर्षीय पुरुषले कोरोना जितेर घर फर्किएको निर्देशक डाक्टर आचार्यले जानकारी दिए ।
गण्डकीमा कोरोना संक्रमितको कुल संख्या ११ सय ९९ पुगेको पछिल्लो अपडेटमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण