१०१ वर्षीय लाभग्राहीलाई जग्गाधनी पूर्जा
पोखरा । कास्कीको मादी गाउँपालिका ९ मुग्राीवेशीका १०१ बर्षीय भूमिहीन लाभग्राही जस बहादुर थापालाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपलब्ध गराएको २ लाख रुपैयाँबाट खरिद गरिएको जग्गाको जग्गाधनी पूर्जा प्रदान गरिएको छ ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कास्कीका प्रमुख नवराज शर्माले लाभग्राही थापालाई मंगलबार जग्गाधनी पूर्जा प्रदान गरे ।
आवास निर्माणका लागि जग्गाधनी पूर्जा पाएपछि थापाले साह्रै खुसी लागेको बताए । थापाले प्रसन्न हुँदै भने, ‘बाजेदेखि नै हाम्रो नाममा जग्गा थिएन । ऐलानी जग्गामा बस्दै आइरहेको थिएँ । बुढेसकालमा जग्गाको पूर्जा पाउँदा साह्रै खुसी भएको छु ।’
थापाले प्राधिकरणबाट प्राप्त गरेको दुई लाख रुपैयाँबाट सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र दिगो समाधान परियोजनाको सहयोगमा स्थानीय नारायणी अधिकारीको १९० बर्गमिटर क्षेत्रफल बराबरको जग्गा खरिद गरेका हुन् ।
०७२ को भूकम्पबाट सरकारी तथा वन क्षेत्रमा बसेका भूमिहीन लाभग्राहीलाई आवास निर्माण गर्ने प्रयोजनका लागि घडेरी खरिद गर्न २ लाख रुपैयाँ दिंदै आएको छ ।
यस्ता लाभग्राहीले घर निर्माणका लागि अन्य लाभग्राही सरह ३ लाख रुपैयाँ पनि पाउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण