ओली–प्रचण्ड वार्ता, आज पनि जुटेन सहमति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच करिव ३ घण्टा वार्ता भएपनि कुनै सहमति जुट्न सकेन ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बुधबार दुई अध्यक्षबीच हिजो अस्तिकै निरन्तरता स्वरुप छलफल भएपनि कुनै निष्कर्षमा नपुगेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
‘आज झण्डै ३ घण्टा वार्ता भयो । भोलि पुन बस्नेगरी अध्यक्षयद्वय उठ्नुभएको छ’, सापकोटाले रातोपाटीसँग भने, ‘भोलिका लागि समय भने तय भइसकेको छैन ।’
यसअघि नेकपाभित्रको विवाद समाधान गर्न भन्दै गत असार २६ गते बोलाइएको स्थायी समिति बैठक साउन २ गतेसम्मका लागि स्थगित गरिएको थियो ।
तर, एक साता स्थायी समिति बैठक स्थगित गरेर दुई अध्यक्ष वार्तामा बसेपनि सहमतिको कुनै संकेत देखिएको छैन ।
नेकपाका अध्यक्ष प्रचण्डसहित बरिष्ठ नेताहरु माधवकुरमा नेपाल, झलनाथ खनाल लगायतका नेताहरुले ओली पार्टी र सरकार सञ्चालनमा असफल भएको भन्दै राजीनामा दिनुपर्ने पक्षमा छन् ।
तर, ओली भने कुनै हालतमा राजीनामा नदिने अडानमा छन् । दुवै पक्षको यो अडानका कारण नेकपा विभाजन हुने हो कि भन्ने आशंका नेता कार्यकर्ताले गर्न थालेका छन् । यद्यपी दोस्रो तहका नेताहरु अध्यक्षद्वय ओली र प्रचण्डलाई मिल्न दवाव दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण