ब्राजिलका राष्ट्रपति बोल्सोनारोको कोरोनाको दोस्रो परीक्षण पनि पोजेटिभ
ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । मंगलबार उनको दोस्रो पटक परीक्षण गरिएको थियो । ६५ वर्षका बोल्सोनारोले हालका लागि आफू ब्रासिलियास्थित आफ्नो घरमा क्वारेन्टिनमा बस्ने जानकारी दिँदै भिडियो कन्फरेन्सिङमार्फत् आफ्नो काम जारी राख्ने बताएका छन् ।
यसका साथै, हालसम्म संसारभरी कोरोनाभाइरस संक्रमितको संख्या १ करोड ३६ लाख ८९ हजार ८ सय ५५ रहेको छ । यसमा ७९ लाख ५६ हजार ९ सय ८१ जना निको पनि भएका छन् । यस्तै। ५ लाख ८६ हजार ७ सय ७२ जनाको ज्यान गएको छ ।
यता इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सिमा सादत लारीले संक्रमण फैलिएका कारण हालसम्म १ सय ४० स्वास्थ्यकर्मीको मृत्यु भएको बताएका छन् । यहाँ ५ हजार डाक्टर तथा नर्स संक्रमित छन् । इरानमा हालसम्म २ लाख ६४ हजार ५ सय ६१ जना संक्रमित भेटिएका छन् भने १३ हजार ४ सय १० को मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
