यो तस्बिरका कारण ट्रोल भए सलमान खान, प्रयोगकर्ताले सोधे यस्ता प्रश्न
बलिउड अभिनेता सलमान खान आजकाल आफ्ना नजिकका साथीहरुसँग पनवेलको फार्महाउसमा आफ्नो समय बिताइरहेका छन् । सलमानले पछिल्लो पटक आफ्नो इन्स्टाग्राम अकाउन्टमा हिलो लत्पत्तिएको आफ्नो तस्बिर सेयर गर्दै क्याप्सनमा लेखे, ‘सबै किसानको सम्मान गर्नुहोस् ।’ उनको यो तस्बिर पोस्ट हुने बित्तिकै सलमान खानमाथि ट्रोल गर्न थालियो ।
यो तस्बिरमा एक प्रयोगकर्ताले प्रश्न तेर्साउँदै लेखे, ‘को किसान खेतमा बसेर यसरी फोटोसुट गर्छ ? ’ यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘मैले अहिलेसम्म धेरै किसान देखेको छु, कसैको मुखमा पनि हिलो लागेको देखिनँ ।’ यस्तै अर्का प्रयोगकर्ताले भने, ‘ध्यान दिएर हेर्नु त, उनको हातमा हिलो छैन तर पाखुरामा छ ।’
कामको कुरा गर्ने हो भने सलमानको अर्को फिल्म राधे छ । जसमा उनी दिशा पाटनी, रणदीप हुड्डा, ज्याकी श्रोफ र गौतम गुलाटी प्रमुख भूमिकामा देखिनेछन् । यो फिल्मको सुटिङ करिब ८० प्रतिशत पूरा भइसकेको छ । फिल्मका केही दृश्य सुट हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३८ ब्रोकर कम्पनीलाई राहत दिनेगरी नियमावली संशोधनको तयारीमा धितोपत्र बोर्ड
-
‘टेक एण्ड पे’ पीपीए हटाउन इप्पानले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
-
मनसुन प्रणाली देशभर फैलियो
-
तीन दलको बैठकमा प्रधानमन्त्री ओलीले गरे मिथेन ग्यासको चर्चा
-
विप्लवले भेटे झलनाथ खनाल
-
ग्वार्को ओभरपास उद्घाटनमा तामझाम, सर्वसाधारणलाई जामैजाम (तस्बिरहरू)