यो तस्बिरका कारण ट्रोल भए सलमान खान, प्रयोगकर्ताले सोधे यस्ता प्रश्न
बलिउड अभिनेता सलमान खान आजकाल आफ्ना नजिकका साथीहरुसँग पनवेलको फार्महाउसमा आफ्नो समय बिताइरहेका छन् । सलमानले पछिल्लो पटक आफ्नो इन्स्टाग्राम अकाउन्टमा हिलो लत्पत्तिएको आफ्नो तस्बिर सेयर गर्दै क्याप्सनमा लेखे, ‘सबै किसानको सम्मान गर्नुहोस् ।’ उनको यो तस्बिर पोस्ट हुने बित्तिकै सलमान खानमाथि ट्रोल गर्न थालियो ।
यो तस्बिरमा एक प्रयोगकर्ताले प्रश्न तेर्साउँदै लेखे, ‘को किसान खेतमा बसेर यसरी फोटोसुट गर्छ ? ’ यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘मैले अहिलेसम्म धेरै किसान देखेको छु, कसैको मुखमा पनि हिलो लागेको देखिनँ ।’ यस्तै अर्का प्रयोगकर्ताले भने, ‘ध्यान दिएर हेर्नु त, उनको हातमा हिलो छैन तर पाखुरामा छ ।’
कामको कुरा गर्ने हो भने सलमानको अर्को फिल्म राधे छ । जसमा उनी दिशा पाटनी, रणदीप हुड्डा, ज्याकी श्रोफ र गौतम गुलाटी प्रमुख भूमिकामा देखिनेछन् । यो फिल्मको सुटिङ करिब ८० प्रतिशत पूरा भइसकेको छ । फिल्मका केही दृश्य सुट हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण