अफगानिस्तानमा २४ घण्टा यताका झडपमा १०० भन्दा बढीको मृत्यु
एजेन्सी । विगत २४ घण्टामा तालिबानी समूहले देशमा गतिविधिहरू तीव्र बनाएकोले झण्डै १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । झडपमा मारिएकामध्ये अधिकांश तालीवानी समूहमा आवद्ध लडाकू रहेको अधिकारीहरूले बिहीबार बताएका छन् ।
सशस्त्र समूहले बिहिवार दिउँसो उत्तरी बलुन प्रान्तको दौलतबाद जिल्लामा सुरक्षा चौकीहरूमा गरेका पछिल्ला हिंसात्मक आक्रमणमा दर्जनौँ लडाकू मारिएका उत्तरी क्षेत्रका सैनिक प्रवक्ता मोहम्मद हनीफ रेजाईले बताए ।
रेजाईका अनुसार तालिवान समूहले दिलतबाद जिल्लाको केही भागमा स्थानीय समय अनुसार दिउँसो २ः०० बजे सुरक्षा चौकीहरूमा ठूलो आक्रमण गरेका थिए । तर सरकारी सेनाले सैन्य विमानहरूको सहयोगमा गरेको प्रतिकारमा दर्जनौँ लडाकू मारिएका र एक दर्जनभन्दा बढी घाइते भएपछि लडाकूहरूलाई पछि हटेका थिए ।
सरकारी सेनाले विद्रोहीहरूको खोजी गरिरहेको जनाएको छ । तालिबानी विद्रोहीले बिहीबार बिहानै पनि दौलतबाद जिल्लाका सुरक्षा चौकीहरूमा यस्तै आक्रमण गर्दा कम्तीमा आठ सुरक्षाकर्मीलगायत १६ व्यक्तिको मृत्यु भएको छ ।
कतारको दोहामा फेब्रुअरीमा भएको संयुक्त राज्य अमेरिका र तालिबानबीच शान्ति सम्झौताका लागि सहमति गरिएको थियो । अन्तर–अफगान वार्तालाई सहमति गर्न चलिरहेको शान्ति प्रयासबीच सुरक्षा अधिकारीका अनुसार तालिवान समूहले विगत दुई महिनादेखि गतिविधि अघि बढाइरहेको छन् ।
जिल्लाका गभर्नर मोहम्मद हैदर शरीफीका अनुसार बिहीबार तालिवान समूहले बग्घिस प्रान्तको कादिस जिल्लालाई कब्जा गर्ने असफल प्रयास गरेका र उक्त झडपमा कम्तीमा १३ लडाकू मारिएका छन् । सेनाले दिएको विज्ञप्ति अनुसार कान्दाहार प्रान्तकोे मिवान्ड जिल्लामा बुधवार २७ लडाकूको मृत्यु भएको छ । रक्षा मन्त्रालयले बिहीबार एक विज्ञप्तिमा भनिएको छ कि गत २४ घण्टामा भएका भिडन्तमा सारी पुल, हरात, वार्ड र पाष्टिका प्रान्तमा २८ व्यक्तिको मृत्यु भएको थियो ।
अफगानी पर्यवेक्षकका अनुसार तालिवान विद्रोहीहरूले अफगान सरकारसँगको शान्ति वार्ताको अगाडि देशका धेरै क्षेत्रमा आक्रमणका घटनालाई वृद्धि गरी आफ्नो प्रभावको दावी गरी सरकारसँगको वार्तामा आफूलाई अव्वल सावित गर्ने उद्देश्यले गतिविधि बढाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण