नायिका ऋचा शर्माले भनिन्, ‘लड्न खोज्दा सम्हालिदिनुहोला, भूल गरे क्षमा गरिदिनुहोला’
नायिका ऋचा शर्माको आज अर्थात् साउन २ गते जन्मदिन हो । यस अवसरमा उनलाई फिल्मी क्षेत्रका थुप्रै व्यक्तित्व, शुभेच्छुक तथा प्रशंसकले शुभकामना दिएका छन् ।
ऋचाले पनि आफ्नो सामाजिक संजाल फेसबुकमार्फत् शुभकामना दिनेहरु सबैलाई धन्यवाद व्यक्त गरेकी छिन् ।
उनले शुक्रबार बिहान फेसबुकमा स्टेटस लेखेर सबैमा माया र साथमा आफू कृतज्ञ र ऋणाी भएको बताएकी छिन् । उनले लेखेकी छिन्, ‘ जन्म र मृत्यु एउटा असीम सत्य। यो बीचको भावानात्मक सम्बन्धले जीवन रहुनजेल जिउन प्रेरित गर्छ। यस यात्रा बीच तपाईंहरु सम्पूर्णले दिनुभएको शुभेच्छा, आशिर्वाद, हौसला, सिक, प्रेरणा, सुझाव, मार्गदर्शन, माया र साथ प्रति प्रत्येक वर्ष झैं कृतज्ञ र ऋणी छु। अझै धेरै सिक्नु छ, सधै तपाईंहरुको विश्वास पाउनु छ। म लड्न खोज्दा यसरी नै सधै सम्हालिदिनुहोला, अल्मलिए बाटो देखाइदिनु होला, भूल गरे क्षमा गरिदिनुहोला, थोरै यसरी सँगै पीडा बाँडौ, थोरै खुलेर सँगै हाँसौ।
जन्मदिन को शुभकामना दिनु हुने सबै मा धेरै धन्यवाद ।’
ऋचालाई रातोपाटीको तर्फबाट पनि जन्मदिनको शुभकामना ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण