पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प
शुक्रबार, ०२ साउन २०७७, १६ : ०२
एजेन्सी । पपुवा न्युगिनीमा शुक्रबार शक्तिशाली भूकम्प आएको छ । देशको पूर्वी क्षेत्रमा ६.९ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकी भूगर्भ विभागले स्थानीय समयानुसार शुक्रबार दिउँसो १२.५० मा भूकम्प आएको जनाएको छ । राजधानीदेखि १५० किलोमिटर टाढा केन्द्रविन्दु रहेको र ८५ किलोमिटर गहिराइबाट कम्पन भएको अधिकारीहरुले जनाएका छन् ।
भूकम्प आएपछि घर भित्र रहेकाहरु दौडिएर घर बाहिर खुल्ला ठाउँमा पुगेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । देशका धेरै ठाउँमा भूकम्पको महसुस गरिएको थियो ।अधिकारीहरुले भूकम्पका कारण कुनै मानवीय तथा भौतिक क्षति भएको विवरण प्राप्त नभएको जनाएका छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार परिवर्तन गर्ने प्रयास माकुराको जालो जसरी च्यातियो : पौडेल
-
राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन सक्दैन : प्रधानमन्त्री
-
बालेन शाहद्वारा गिरिबन्धुले जसरी जग्गा सट्टापट्टा गर्न निवेदन दिने १०१ कम्पनीको नाम सार्वजनिक
-
प्रचण्डले दिए उपेन्द्रलाई धन्यवाद
-
सुनको मूल्य तोलामा ९ सयले वृद्धि
-
अवरोधकैबिच प्रधानमन्त्रीबाट विश्वासको मतको प्रस्ताव पेश