सेती नदीको कटानले बस्ती जोखिममा
वर्षेनी सेती नदीको कटानले डोटी जिल्लाका बारपाटा, गोपघाट, कालागाढ, सिरखोली सैन, दिपायल, घोलतडा तथा नारिदाङका बस्ती उच्च जोखिममा परेको छ ।
नदीले वर्षेनी धार परिर्वतन गर्दै स्थानीयका बस्ती भएर बग्न थालेका कारण यहाँका गाउँघर नदीले बगाउने भन्दै स्थानीयवासीमा त्रास फैलिएको छ ।
वर्षात्को समय शुरु भएसँगै सेतीनदीमा पानीको बहाव पनि निकै बढेकाले यहाँका स्थानीयवासीलाई कति बेला कहाँ बाढीले बगाउने हो भन्ने चिन्ताले पिरोली रहेको शिखर नगरपालिका–११ बारपाटाका स्थानीयवासी गणेश विष्टले बताए । जिल्लाको शिखर नगरपालिकाको वडा नं १० बनलेग र वडा नं ११ बारपाटामा वर्षेनी वर्षात्को समयमा बाढी पहिरोले निकै दुःख दिने गरेको छ ।
सेती नदीमा पानिको बहाव बढेसँगै वारपाटा गाउँका बासिन्दाले रातभर जाग्राम बस्नुपर्ने बाध्यता कायमै रहेको स्थानीयवासी बताउँछन् । सेतीनदी किनारमा रहेका यहाँका दिपायल, बानीडुग्रीसैन, सिरखोलीसैन, कालागाढ, रामपुर, गेरुपानी, दिपायल, घोलतडा नारिदाङलगायतका अधिकांश बस्तीका खेत नदीले कटान गर्न थालेको भए पनि समयमै सम्बन्धित निकायले रोकथामका लागि पहल नगरेका कारण समस्या हुन थालेको अर्का स्थानीय देवहादुर धामीले बताए ।
डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराइले भने जिल्लाको विपत् प्रतिकार्य योजना अध्यावधिक गरिनुका साथै स्थानीय, समुदाय, सेना, प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न सङ्घ संस्थालाई सम्भावित प्रकोप भइहाले उद्धारमा जुट्नका लागि तयारी अवस्थामा राखिएको बताए ।
जिल्लाका विभिन्न २२ वटा स्थानलाई दैवी प्रकोपको हिसाबले उच्च जोखिममा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण