शाहरुख खान विवाहित हुन् भन्ने थाहा पाएपछि असाध्यै रोएकी थिएँः ‘दंगल’ की नायिका फातिमा
बलिउड नायिका फातिमा सना शेखले केही फिल्ममा मात्रै काम गरेकी छिन् तर उनले आफ्नो फिल्ममार्फत् मानिसहरुको ध्यान आकृष्ट गर्न सफल भने भएकी छिन् । नायिकाले फिल्ममा बाल कलाकारको रुपमा पनि काम गरेकी छिन् । हालै भारतीय समाचार एजेन्सीलाई दिएको एक अन्तरवार्तामा फातिमाले शाहरुख खान विवाहित हुन् भन्ने थाहा पाएपछि उनको मन दुखेको बताएकी छिन् । स्मरण रहोस्, सन् २००१ मा रिलिज भएको फिल्म ‘वन टु का फोर’ मा शाहरुख खानसँग काम गरेकी थिइन् ।
फिल्मफेयरलाई दिएको अन्तरवार्तामा फातिमा सना शेखले फिल्म ‘वन टु का फोर’ को सुटिङबारे कुरा गर्दै भनिन्, ‘शाहरुख खानलाई थाहै थिएन कि पाँच वर्षका यी बच्चा उनीसँग कति प्रेम गर्छिन् । जब मलाई उनी विवाहित हुन् भन्ने थाहा भयो तब मेरो मन असाध्यै टुटेको थियो र म बेस्सरी रोएकी थिएँ । मेरो लागि यो एउटा ब्रेकअपजस्तो थियो ।’
दंगलबाट मुख्य भूमिकामा डेब्यूः
फातिमा सना शेखले मुख्य भूमिकाको रुपमा निर्देशक नितेश तिवारीको फिल्म ‘दंगल’ बाट डेब्यू गरेकी थिइन् । यसअघि उनले ‘चाची ४२०’, ‘वन टु का फोर’ जस्ता फिल्ममा बाल कलाकारको रुपमा काम गरेकी थिइन् । यसबाहेक उनी निर्देशक विजय कृष्ण आचार्यको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ मा देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण