इरानमा तालिबानको कार्यालय छैन: इरानी विदेश मन्त्रालय
एजेन्सी । इरानले अफगानिस्तानमा सशस्त्र विद्रोह गरिरहेको तालिबान संगठनको कार्यालय इरानमा नरहेको स्पष्ट गरेको छ । इरानको विदेश मन्त्रालयले सो कुराको जानकारी गराएको हो । इरानी उपविदेशमन्त्री अब्बास अरागाचीले सो कुराको जानकारी दिनुभएको बताइएको छ ।
उनले भनेका छन्– ‘तालिबानले इरानको उत्तरपूर्वी नगर मसादमा एक परिषदको स्थापना गरेको हुन सक्छन् तर पनि त्यो परिषद इरान सरकारसँग कुनै पनि हिसाबले सम्बन्धित छैन । उनले यहाँको एक टेलिभिजनमार्फत सो कुराको जानकारी गराएका हुन् ।’ उनले भनेका छन्– ‘यदि त्यो कार्यालय स्थापना गरेको भए पनि त्यो इरान सरकारसँग सम्बन्धित छैन ।’
उनले गएका केही वर्षदेखि इरान तालिबानहरुको सम्पर्कमा भने रहेको बताए । उनले भने– ‘हो, हामीहरु उनीहरुको सम्पर्कमै छौँ, उनीहरुका कुरा सुन्छौँ र हाम्रो प्रतिक्रिया पनि दिने गरेको छौँ ।’ अमेरिकाले तालिबानसँग सम्पर्क र वार्ताको प्रक्रिया अघि बढाएको छ, तर हामीले भने अहिले तलिबानसँग सम्पर्क पनि गरेका छैनौँ– उनले सो टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा भनेका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण