बढी मूल्यमा टिकट बिक्री गर्नेमाथि नेपाल एयरलाइन्सले कारबाही गर्ने
नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० ले चार्टर्ड उडानका दौरानमा कतिपय व्यक्ति तथा संस्थाले यात्रुबाट अस्वाभाविक रुपमा बढी मूल्यमा टिकट बिक्री गरेको भन्ने गुनासो आएको तर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कतिपय व्यक्ति वा संस्थाले यात्रुलाई सहजै टिकट मिलाइ दिने भनी आफ्नो सम्पर्क नं सहित विभिन्न सञ्चारमाध्यममा सूचना प्रकाशित गरेकोसमेत बुझिएको भन्दै निगमले आज एक विज्ञप्तिमार्फत त्यस्ता व्यक्ति वा संस्थाको भ्रममा नपर्न सम्बन्धित सबैलाई सूचीत गरेको छ ।
यदि निगमको वेबसाइटमा प्रकाशित भाडादरभन्दा बढी असुलेर कुनै व्यक्ति वा संस्थाले टिकट विक्री गरेको प्रमाणित भएमा प्रचलित कानूनबमोजिम कारवाही गरिने निगमले जनाएको छ । निगमका उद्धार उडान तालिका र भाडादरसम्बन्धी जानकारी चाहिएमा निगमको निम्न नं ४२४८६१४, ४२४८६२५ मा सम्पर्क गर्नुहुन् तथा निगमको वेबसाइटमा हेर्न हुनसमेत अनुरोध गरेको छ ।
कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि लागू भएको लकडाउन ९बन्दाबन्दी० का कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी स्वदेश फर्काउने कार्यमा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले आफ्नो सामाजिक जिम्मेवारी समेतको बोध गर्दै सुलभ तथा सहुलियतपूर्ण भाडादरमा उद्धार उडान सञ्चालन गर्दै आइरहेको जनाएको छ ।
उद्धार उडान तालिका र तोकिएको भाडादर निगमले आफ्नो वेबसाइटमा प्रकाशित गरी सोहीबमोजिम उडान सञ्चालन गरिरहेको, साथै उडान तालिकामा रहेका बाहेक अन्य गन्तव्यमा उडान नगरिएको पनि निगमले जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण