सुशान्त सिंह राजपूतमाथि बन्नेछ फिल्म ‘सुसाइड या मर्डर’: मुख्य भूमिकामा टिकटक स्टार
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि चलिरहेको विवादबीच उनीमाथि फिल्म बनाउने घोषणा भएको छ । फिल्मको नाम हुनेछ ‘सुसाइड या मर्डर’ । फिल्मको प्रमुख भूमिकामा सुशान्त झैं देखिने टिकटक सटार सचिन तिवारी हुनेछन् । यो फिल्म कथित रुपमा ती परिस्थितीमा आधारित छन् जसका कारण युवा अभिनेताको असामयिक निधन भयो ।
उत्तर प्रदेशको रायबरेलीमा बस्ने सचिन तिवारीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा उनले फिल्ममा आउटसाइडरको भूमिका निभाउने घोषणा गरेका छन् । फिल्मको निर्देशन शमिक मौलिकले गरेका छन् ।
सुशान्तको मृत्युपछि टिकटकमा चर्चित सचिन तिवारी चर्चामा आए । उनलाई धेरैले सुशान्त जस्तै देखिने बताउने गर्छन् । उनको लुकको कारण पनि उनका प्रशंसक बढेका छन् । तिवारी फिटनेस प्रेमी हुन् र नियमित रुपमा आफ्नो वर्कआउट र स्टन्टको भिडियो पोस्ट गरिरहन्छन् । तिवारीले फिल्मको फर्स्ट लुक सार्वजनिक गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण