राजविराज नगरपालिका क्षेत्रमा अनिश्चितकालिन लकडाउन घोषणा
सप्तरी । सप्तरीको राजविराज नगरपालिकाले बुधबारदेखि अनिश्चितकालिन लकडाउन घोषणा गरेको छ । कोरोना संक्रमणका कारण एक व्यक्तिको मृत्यू भएपछि बुधबारदेखि नगरपालिकाले पूर्णरुपमा अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको हो । मंगलबार राजविराज नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नहुञ्जेलसम्म राजविराज नगर क्षेत्रभित्र पूर्णरुपमा लकडाउन गर्ने घोषणा गरेको हो ।
लकडाउन अवधिमा अत्यावश्यक सेवाहरु बाहेक सम्पूर्ण बजार, पसल, व्यवसाय, सरकारी, गैरसरकारी कार्यालयहरु र वित्तिय संस्थाहरु पूर्णरुपले बन्द गरि लकडाउनको पूर्ण पालना गरिदिन हुनका लागि नगरपालिकाले नगरवासीमा अनुरोध समेत गरेको छ । लकडाउनको पूर्णपालना गर्न, अनावश्यक रुपमा घर बाहिर ननिस्कन, अत्यावश्यक कामका लागि निस्कन परेमा मास्कको अनिवार्य प्रयोग गर्न, सामाजिक दुरी कायम गर्नका लागि समेत नगरपालिकाले अनुरोध गरेको छ ।
कोरोना संक्रमणबाट मृत्यु भएका राजविराजका व्यवसायी ७२ वर्षीय रामकृष्ण दासको परिवारका सबै सदस्य संक्रमित भएका छन् । परिवारजन र सम्पर्कमा आएका व्यक्तिहरुमा समेत कोरोना भेटिएको जनाइएको छ ।
यससँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ३ सय ७८ भन्दा बढी पुगेको छ भने २ सय ३७ जना निको भएर घर फर्किसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण