ट्रोलर्स विरुद्ध कानूनी कारवाही गर्ने तयारीमा करन ? विशेषज्ञले प्रयोगकर्ताको अकाउन्ट अनुसन्धान गर्दै
सुशान्त सिंह राजपूतको मृत्युपछि नेपोटिजमको मुद्दा उठाउँदै थुप्रै कलाकारलाई सोसल मिडियामा ट्रोल गरियो । यो सूचीमा फिल्म निर्देशक करन जोहरको नाम पनि समावेश छ । खासमा भन्ने हो भने सुशान्तको मृत्युपछि करन नै सबैभन्दा धेरै निशानामा परेका हुन् । करनले यसबारे अहिलेसम्म आफ्नो मुख खोलेका छैनन्, न नै कुनै ट्रोलर्सलाई यसबारे जानकारी दिएका छन् । यतिमात्रै होइन, करनले सोसल मिडियाबाट दुरीमसेत बनाए । करनको इन्स्टाग्राम र ट्वीटरमा अन्तिम पटक सुशान्तको विषयमा नै पोस्ट गरिएको थियो । तर भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार करन ट्रोलर्सविरुद्ध कानूनी उपचारको तयारीमा छन् ।
डिएनएको खबर अनुसार करनका एक आफन्तले करन केही वकिलसँग कुराकानी गरिरहेका छन् । यतिमात्रै होइन करन केही प्राविधिक विशेषज्ञको सम्पर्कमा पनि छन् जसले ती ट्रोलर्सको पत्ता लगाउन सहयोग गर्नेछन् जसले उनका सन्तान र आमालाई क्षती पुर्याउने धम्की दिएका थिए । करनका आफन्तले भने, ‘करन निकै सक्रियताका साथ यसमाथि काम गरिरहेका छन् । टेक टीम ती ट्रोलर्सको खोजी गर्ने कोसिस गरिरहेका छन् जसले करनकी आमा र बच्चाहरुको विषयमा तथानाम भने । टीमले ती अकाउन्ट सक्कली हुन् वा नक्कली भनेर पनि पत्ता लगाउने कोसिस गरिरहेको छ ।’
स्मरण रहोस्, करनलाई ट्रोल गर्नेबेला केही ट्रोलर्स यति अग्रेसिभ भएका थिए कि उनले करनका जुम्ल्याहा सन्तान र आमालाई क्षती पुर्याउने धम्कीसमेत दिएका थिए ।
केही दिन अघि करनका एक साथीले ट्रोलिङका कारण करन भित्रैदेखि टुटेको पनि बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्रीले पिटीपिटी मारे पत्नी
-
गण्डकीमा सभामुखलाई महाअभियोग लगाउने कांग्रेसको चेतावनी
-
महिला टी–२० विश्वकप क्रिकेटको तालिका सार्वजनिक
-
उच्च शिक्षा अध्यादेश जारी गर्ने बागमती प्रदेश सरकारको निर्णय
-
बागमती प्रदेशमा ११ हजार डेङ्गु सङ्क्रमित
-
रुस–युक्रेन युद्ध प्रभावित नेपाली नागरिकको उद्धार गर्न सरकारलाई आयोगको आग्रह