दराज र ईसेवाले ल्यायो केवल १ रुपैयाँमा आईफोन एसई जित्ने मौका
काठमाडौ । अनलाइन बजार दराज र अनलाइन भुक्तानी सेवा प्रदायक ईसेवाले केवल १ रुपैयाँमा नयाँ आईफोन एसई जित्न सकिने रोमाञ्चक वान रुपी गेम अवसर लिएर आएका छन् । भाग लिनको लागि ग्राहकहरूले दराजमा आइफोन रुपी१ प्रोमोकोड लगाई आईफोन एसई केवल १ रुपैयाँमा ईसेवाबाट भुक्तानी गरि अर्डर गर्न पर्नेहुन्छ।
अफर साउन ७ देखि १२ (जुलाई २२ देखि २७) सम्म उपलब्ध हुनेछ। विजेताको घोषणा साउन १६ (जुलाई ३१) मा दराज एप र दराज नेपालको फेसबुक पेज मार्फत गरिनेछ। विजेता घोषित भएपछि सबै सहभागीहरूले आफ्नो ईसेवा खातामा १ रुपैयाँ फिर्ता पाउनेछन्।
यसका साथै ग्राहकहरुले साउन १२ देखि १९ (जुलाई २७ देखि अगस्ट ३) सम्म चल्ने दराज महाबचत बजार अभियान अन्तर्गत दराजमा कुनै पनि समानको रकम ईसेवा मार्फत पैसा तिर्दा २० प्रतिशत देखि १००० रुपैयाँ सम्मको छूट पाउनेछन्। ग्राहकहरूले दराज महाबचत बजारमा, फेसनदेखि इलेक्ट्रोनिक्स हरेक किसिमको समानको खरिदमा ठूलो बचतको आशा गर्न सक्नेछन् ।
“गत महिना दराजमा ईसेवा उपलब्ध गराउनु एक निर्णायक क्षण थियो। यस सहकार्य मार्फत ग्राहकहरुकोलागि भनि यस्ता अन्य अवसरहरू पनि उपलब्ध गर्ने मौका हामीले पाएका छौँ जसले अनलाईन किनमेललाई एक रोचक विकल्प को रुपमा विकास गर्ने छ।” दराज प्रबन्ध निर्देशक, लिनो अलरिंगले भने।
वान रुपी गेम अन्तर्गत ग्राहकहरुले अरू धेरै पुरस्कारहरू पनि जित्न सक्दछन्, जस्तै सोनी एक्शन क्याम, होमग्लोरी भ्याकुम क्लीनर, र सीजी एयर कूलर।यस अभियान र दराजमा ईसेवा मार्फत पैसा कसरी तिर्ने भन्ने बारे थप जान्नको लागि कृपया दराज वा ईसेवा एप मा जानुहोला।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण