रञ्जन छुटेपछि प्रेमिका ताराले भनिन्, ‘हाम्रो विवाह भैसक्यो’
काठमाडौँ । सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला डिल्लीबजार कारागारबाट थुनामुक्त भएका छन् । श्रीमती गीता ढकालको हत्या गरेपछि जेल परेका कोइराला बिहीबार थुनामुक्त भएका हुन् ।
कोइरालालाई रिसिभ गर्न प्रेमिका तारा रेग्मी डिल्लीबजार कारागार पुगेकी छिन् । बा १८ च ५४१७ नम्बरको कार चलाएर प्रेमी रञ्जनलाई लिन कारागार पुगेकी ताराले ‘रञ्जन र मेरो विवाह भइसकेको’ प्रतिक्रिया दिएकी छिन् ।
कारागार बाहिर रातोपाटीसँग कुरा गर्दै उनले भनिन्, ‘हाम्रो विवाह भैसक्यो ।’ औपचारिक विवाहको प्रसङ्गमा उनी हाँसिन् ।
यता रञ्जन र गीता ढकालका दुई छोराहरु छन् । गीताको हत्या गरेर जेल परेका रञ्जन रिहा हुँदा उनका छोराहरु रिसिभ गर्न आएनन् ।
श्रीमती हत्या अभियोगमा रन्जन ०६८ माघ ८ गते पक्राउ परेका थिए । आफैंले चलाएको बा ८ च ५४०८ नम्बरको गाडीसहित उनलाई नागढुंगामा प्रहरीले हत्कडी लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
