जापानमा एकैदिन थपिए ९२० कोरोना सङ्क्रमित
एजेन्सी । जापानमा कोभिड–१९ (कोरोना) बाट थप सङ्क्रमितको सङ्ख्या ९२० पुगेको र बिहीबारसम्म जापानमा कूल २८ हजार १९० जना सङ्क्रमित भएको यहाँको स्वास्थ्य मन्त्रालय तथा स्थानीय सरकारहरूले जानकारी गराएका छन् ।
जापानमा दैनिक सङ्क्रमित हुने कोभिड–१९ विरामीको सङ्ख्या पहिलोपटक ९०० भन्दा माथि पुगेको सरकारी अधिकारीले बताएका छन् । जापानका विभिन्न छ क्षेत्रमा पछिल्ला केही दिनदेखि सङ्क्रमण दर बढ्दो अवस्थामा रहेको छ ।
यस पहिले डाउमण्ड प्रिन्सेस नामक पानी जहाजमा ७१२ जना सङ्क्रमित भेटिएबाहेक एकैदिन यति ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएको पहिलो पटक हो । पछिल्लो २४ घण्टामा टोकियो महानगर प्रशासनले ३६६ थप सङ्क्रमित भएको जनाएको छ । टोकियोमा पनि एकैदिन तीन सयभन्दा बढी व्यक्ति सङ्क्रमित भेटिएको यो नै पहिलो पटक हो ।
टोकियोमा अहिलेसम्म १० हजार ४२० जना कोभिड–१९ सङ्क्रमित भेटिएका छन् । विगत २४ घण्टामा टोकियोपछि धेरै सङ्क्रमित हुने ओसाका क्षेत्रमा १०४ र टोकियोका छिमेकी क्षेत्रहरू कानागावा, साइतामा र चाइबामा क्रमशः ५३, ६४ र ३३ थप व्यक्ति सङ्क्रमित भेटिएका छन् ।
जापानमा बिहीबारसम्म कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार चार पुगेको बताइएको छ । यसमध्ये १३ जना डायमण्ड प्रिन्सेस पानी जहाजमा सङ्क्रमणपछि मृत्यु भएका थिए । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार जापानमा बिहीबारसम्ममा ५५ जना जटिल खालका सङ्क्रमित रहेका छन् भने अहिलेसम्म २१ हजार ३१० व्यक्ति निको भई घर फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण