बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

सीतापाइला एसिड प्रहार प्रकरण : अर्को केटा मन पराएको भन्दै एसिड प्रहार

शुक्रबार, ०९ साउन २०७७, ०६ : ३५
शुक्रबार, ०९ साउन २०७७

काठमाडौँको सीतापाइलामा  २२ वर्षीया युवतीलाई एसिड प्रहार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । युवतीले अर्को केटा मन पराएको भन्दै उनीहरुले एसिड प्रहार प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौँको डल्लु बस्ने मोहमद आलम र सोही स्थान बस्ने मुन्ना मोहमद हुन् । मुन्ना भारतीय नागरिक हुन् । उनीहरुलाई नार्गजुन-४ सिर्जनसिल टोलबाट महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरी परिसरको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । 

दही किन्न भनि डेराबाट बाहिर निस्केकी ओखलढुंगा घर भइ हाल सीतापाइलमा बस्दै आएकी ती युवतीमाथि बिहीबार साँझ एसिड प्रहार भएको थियो ।

महानगरीय प्रहरी बृत्त स्वयम्भुका डीएसपी निरञ्जनदत्त भट्टले उनको मुखमा एसिड परेको र कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप