सुनको मूल्यमा नयाँ रेकर्ड
काठमाडौं । पछिल्लो समय नेपाली बजारमा पहेँलो धातुको मूल्य निरन्तर उकालो लाग्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार डेढ महिनामा सुनको मूल्य झण्डै रु आठ हजार ४०० ले वृद्धि भएको छ । त्यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला रु २२५ ले वृद्धि भएको छ ।
बन्दाबन्दीकै अवधिमा गत जेठ २५ गते महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ८७ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ८६ हजार ६९० तथा चाँदीको मूल्य प्रतितोला रु ९३५ तोकेको थियो । कोभिड–१९ को फैलावट रोक्न सरकारले गत चैत ११ देखि बन्दाबन्दीको घोषणा गरेपछि महासङ्घले सुनचाँदीको मूल्य निर्धारण गर्न बन्द गरेको थियो । बन्दाबन्दी केही खुकुलो भएसँगै गत जेठ २५ देखि महासङ्घले दैनिक मूल्य तोक्दै आएको छ ।
महासङ्घका अनुसार आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाल र तेजाबी सुन प्रतितोला रु एक हजार ३०० ले वृद्धि भएको छ । चाँदीको मूल्य भने सामान्य वृद्धि देखिएको छ । शुक्रबार चाँदीमा प्रतितोला रु ५ वृद्धि भएको छ । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ८००, तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ३६५ र चाँदीको मूल्य प्रतितोला रु एक हजार १५० तोकेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले बताए । अन्तर्राष्ट्रिय बजारमा पनि पहेँलो धातुको मूल्य निरन्तर उकालो लागिरहेको छ । विश्व बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ९०१ डलर पुगेको छ । अध्यक्ष सुनारले अन्य क्षेत्रको तुलनामा सुनप्रति लगानीकर्ताको आकर्षण देखिँदा पनि सुनको मूल्य बढेको बताए ।
दैनिक सुनको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि कारोवार भने ठप्प भएको छ । ‘नेपाली बजारमा मुख्यत कोरोनाको असरका कारण कारोवार शून्य भएको हो’, उनले भने । तत्काल सुनको मूल्य घट्ने सङ्केत आफूले नपाएको उनले बताए । देशभरका सुनचाँदी व्यवसायीले सुनको कारोवार ठप्प भएको आफूलाई जानकारी गराएको उनले बताए । “अहिले सुन पसलले ‘बोहोनी’ पनि नभएको बताएका छन्”, अध्यक्ष सुनारले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण